सुचना१
newa srijana

एन प्याब्सन कास्कीले स्थापना दिवसमा हरिदेवीलाई सम्मान गर्ने, फेवाताल किनार सरससफाई

पोखरा । नेसनल प्याब्सन कास्कीले २७ औँ स्थापना दिवसको अवसरमा बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ हरिदेवी कोइरालालाई सम्मान गर्ने भएको छ ।

आइतबार नेसनल प्याब्सन कास्कीले एक कार्यक्रमको आयोजना गरि शिक्षा÷साहित्यसेवा सम्मान–२०८२ बाट बरिष्ठ गायिका तथा साहित्यकार प्राज्ञ कोइरालालाई सम्मान गर्ने भएको हो । कोइरालाई कार्यक्रमका प्रमुख अतिथि नेसनल प्याब्सनका संस्थापक अध्यक्ष बसन्तबहादुर श्रेष्ठ, र कास्कीका अध्यक्ष हेमन्त अधिकारीलेले सम्मान गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी स्थापना दिवसकै अवसर पारेर स्थापना वर्षको आधारमा विद्यालयहरू सम्मान, एस.ई.ई. २०८१ मा सतप्रतिशत विद्यार्थी उर्तीण गराउन सफल विद्यालयहरू सम्मान, एस.एल.सी. परीक्षा–२०८१मा सर्वोत्कृष्टनतिजाप्राप्तगर्न सफलविद्यार्थी÷विद्यालय सम्मान, एस.ई.ई.परीक्षा–२०८१ मा सर्वोत्कृष्ट नतिजा प्राप्त गर्न सफल विद्यार्थी÷विद्यालय सम्मान दीर्घ सेवापदक सम्मान–२०८२ बाट सम्मान गरिने कार्यक्रम रहेको एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले जानकारी दिए ।

Pokhara महोत्सव

यसैगरी एन प्याब्सन कास्कीले स्थापना दिवसको पूर्व सन्ध्यामा वातावरण संरक्षणका लागि महाअभियान कास्कीको समन्वय तथा पोखरा महानगरपालिका र खहरे आमा समूहको सहकार्यमा हल्लन चोकको फेवाताल किनारमा फेवाताल सफाइ कार्यक्रम आयोजना गरेको थियो ।

उक्त अवसरमा एन प्याब्सन कास्कीले फेवताल किनार सफाइ गर्नका लागि आवश्यक सामाग्री डोको प्यालष्टिक र पञ्जा खहरे आम समूहलाई हस्तान्तरण गरेको थियो ।

उक्त अवसरमा बोल्दै एन प्याब्सन कास्कीका अध्यक्ष हेमन्त अधिकारीले आजको कार्यक्रम सांकेतिक भएको बताए ।‘ आज संस्थाले गरेको यो कार्यक्रम सांकेतिक रुपमा रहेको छ’ अध्यक्ष अधिकारीले भने, ‘पोखराको सुन्दरतालाई जोगाई राख्नका लागि फेवाताल किनार सफाइ गर्न आवश्यक परेमा संस्थामा आवद्ध विद्यालयका विद्यार्थी शिक्षकहरुको पनि सहभागिता गराई काम गर्न हामी सधै तयार छौं ।’

कार्यक्रममा वातावरण संरक्षणका लागि महाअभियान कास्कीका संयोजक राम बहादुर पौडेलले फेवातालका सौन्द्धर्यता कायम गर्न सवैले हातेमालो गर्नु पर्ने बताए । कार्यक्रममा खहरे आमा समूहकी पूर्व अध्यक्ष मैया थापाले पनि बोलेका थिए । शुक्रबार नै एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष राम प्रसाद शर्माको पाँचौ दिनको पुन्यतिथीमा स्वं शर्माको निवासमा उपस्थित भई संस्थाले शोक सभा गरेको छ ।

पुल सेन्टर
वडा नं २६