पोखरा । तेन्जिङ आइन डोल्मा हेल्थ नेपालले पोखरा १९ घार्मीमा रहेको महेन्द्र माविलाई सरसफाई सामाग्री हस्तान्तरण गरेको छ ।
स्वाभिमान टोल विकास संस्था पोखरा १६, कुरेचौरको समन्वयमा विद्यालयमा आयोजित सचेतना मुलक कार्यक्रममा १० थान डष्टविन र प्यान,गार्वेज प्लाष्टिक, कुचो झाडु, ग्लोब्स् र मास्कलगायतका सामाग्री फोहोर मुक्त वातावरण अभियानका संयोजक श्यामसुन्दर आचार्य र सचिव बोधराज आचार्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल, प्रधानाध्यापक बासुदेव पौडेललाई हस्तान्तरण गरे ।सो अवसरमा संयोजक आचार्यले विद्यालयको वातावरण स्वस्थ राख्न समाज प्रदुषण रहित हुनुपर्नेमा जोड दिए ।
विद्यालयका अध्यक्ष बैकुण्ठ पौडेलले वातावरणीय सुधारका क्षेत्रमा अभियानले खेलेको भुमिका सराहनिय रहेको बताए ।

प्रधानाध्यापक बासुदेव पौडेलले व्यक्तिगत र वातावरणीय सरसफाईका विषयमा विद्यार्थीलाई बेलाबेलामा सचेतना जगाउने कार्य गरेको बताए ।अभियानले त्यस क्रममा विद्यार्थी एवं अभिभावकलाई प्लास्टिकले वातावरण र मानव स्वास्थ्यलाई पर्ने असरको बारेमा सचेतना मुलक सामाग्री प्रस्तुत गरेको थियो ।
सहभागिले विद्यालय परिसर वरिपरि साथै विद्यालयबाट चोकसम्म जथाभावी फालिएका प्लास्टिक जन्य फोहोरहरू संकलन गरी व्यवस्थापन गरिएको थियो ।
तेन्जिङ आइन डोल्मा हेल्थ नेपालको सहयोगमा संस्थाले केही महिना देखि त्यस क्षेत्रमा प्लास्टिकजन्य फोहोर मुक्त वातावरण अभियान जारी राखेको छ ।





