सुचना१
newa srijana

फेदीखोला गाउँपालिकाद्वारा बाँझो जग्गा खेतीमा अनुदान योजना

पोखरा । परम्परागत रुपमा अग्रजले गर्दै आएको जग्गामा उही खेती गर्न नसकेर हैरान भएको छ ? जेनतेन गरेको खेतीपनि बाँदरले हिनामिना गराउँदा निराश र उदेक लागेको छ ? छ भने अब स्याङ्जाको फेदीखोला गाउँपालिकाका कृषकले यी समस्याबाट छुटकरासँगै नगद अनुदान पाउने भएका छन् ।

फेदीखोला गाउँपालिकाले बाँझो जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको छ । गाउँपालिकाले प्राविधिकको सिफारिसका आधारमा बाँझो जग्गामा कफी तथा अलैंची खेती गर्ने कृषकहरूलाई प्रतिरोपनी नगद तीन हजार अनुदान दिने भएको हो ।

गाउँपालिकामा लामो समयदेखि बाँझो रहेको जग्गामा कफी र अलैंची खेती विस्तार गर्ने कृषकलाई प्रतिरोपनी तीन हजारका दरले नगद अनुदान दिने भएको छ । आर्थिक वर्ष २०८२/८३ को कार्यक्रम अनुसार पहिलो चरणमा झण्डै ५ सय रोपनी क्षेत्रफल जग्गमा कफी र अलैंची खेती विस्तार हुने गाउँपालिकाले अपेक्षा गरेको छ ।

Pokhara महोत्सव

बाँझो जमिनलाई उत्पादनसँग जोड्न, खाद्य तथा पोषण सुरक्षा कायम राख्दै कृषकको आयस्तर उकास्ने उद्देश्यले कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए । गाउँघरमा जग्गा बाँझो छोडेर बसाइँ सर्ने र विदेशिनुपर्ने बाध्यताको अन्त्य गर्न बाँझो जग्गामा नगदेबाली कार्यक्रमलाई प्रोत्साहन गरेको अध्यक्ष सुबेदीले जानकारी दिए ।

स्थानीयस्तरमै रोजगारी सृजना, कृषि उद्यमशीलताको विकाससँगै कृषि उत्पादन वृद्धिमा टेवा पु¥याउने लक्ष्य राखिएको छ । गाउँपालिकाले तोकेको मापदण्ड र प्राविधिकको राय अनुसार खेती गर्न चाहने इच्छुक कृषक वा कृषि फर्महरूले प्रक्रिया पुरा गरेपछि गाउँपालिकाको कृषि शाखाले सिफारिस गरेअनुरुप कफी र अलैंची खेती गर्ने कृषकले प्रतिरोपनी तीन हजार नगद पाउने छन् ।

आर्थिक वर्ष २०८१/८२ देखि गाउँपालिकाले कोदो प्रवद्र्धन अन्र्तगत बाँझो जग्गामा कोदो रोपण गर्ने कृषकलाई प्रतिरोपनी बराबर तीन हजार अनुदान दिदै आएको छ । फेदीखोला गाउँपालिकाले रैथानी बाली, लहरे तरकारी र फलफूल प्रवद्र्धन कार्यक्रम समेत संचालन गर्दै आएको जनाएको छ ।

पुल सेन्टर
वडा नं २६