सुचना१
newa srijana

कास्की क्षेत्र नम्बर १ मा बहुदलीय प्रतिस्पर्धा, १७ जनाले दर्ता गराए उम्मेदवारी

पोखरा । प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनका लागि कास्की निर्वाचन क्षेत्र नम्बर १ मा मंगलबार १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।

रामघाटस्थित निर्वाचन अधिकृतको कार्यालयमा मुख्य दलका नेतासहित स्वतन्त्र उम्मेदवारले मनोनयन पत्र बुझाएका हुन्। कार्यालयले सार्वजनिक गरेको दर्ता किताबअनुसार १६ राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन्।

नेपाली कांग्रेसबाट तिलक बहादुर रानाभाट र नेकपा एमालेबाट बैन बहादुर क्षेत्री (अधिकारी) ले उम्मेदवारी दर्ता गराएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खडक राज पौडेल र नेकपा माओवादी केन्द्रबाट कुमार परियार मैदानमा उत्रिएका छन्। राप्रपाका तर्फबाट बाबु राम थापाले मनोनयन पेस गरेका छन्।

अन्य दलमध्ये उज्यालो नेपाल पार्टीबाट मनिसा द्वा, राष्ट्रिय जनमोर्चाबाट रवि मोहन ढकाल, जनता समाजवादी पार्टी नेपालबाट राम काजी चर्माकार र आम जनता पार्टीबाट हर्क बहादुर थापाले उम्मेदवारी दिएका छन्।

Pokhara महोत्सव

मंगोल नेशनल अर्गनाइजेसनबाट श्री मान थापा, नेपाल जनमुक्ति पार्टीबाट मिन बहादुर दर्जी र नेशनल रिपब्लिक नेपालबाट यज बहादुर गुरुङ प्रतिस्पर्धामा छन्। नेपाल मानवताबादी पार्टीबाट आश बहादुर दमै, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट कर्ण बहादुर गुरुङ, श्रम संस्कृति पार्टीबाट विल बहादुर तामाङ लामा र नेपाली कम्युनिष्ट पार्टीबाट राजकाजी गुरुङले उम्मेदवारी दर्ता गराएका छन्।

नेकपा (एकीकृत मार्क्सवादी लेनीनवादी) बाट पनि उम्मेदवारी परेको छ। स्वतन्त्र उम्मेदवारका रूपमा कृष्ण बहादुर राउतले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोगले बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकेको थियो। उम्मेदवारहरू बाजागाजा र समर्थकहरूको जुलुससहित निर्वाचन कार्यालय पुगेका थिए।

फागुन २१ गते हुने निर्वाचनका लागि कास्की १ मा यसपटक कडा प्रतिस्पर्धा हुने देखिएको छ। सबै उम्मेदवारले आ–आफ्नो एजेन्डासहित चुनावी अभियान सुरु गर्ने बताएका छन्।

पुल सेन्टर
वडा नं २६