पोखरा । नेपाली संगीत र दृश्य कथावाचनको क्षेत्रमा नयाँ म्युजिक भिडियो ‘भ्रामित’ सार्वजनिक गरिएको छ। मौन प्रेम, नबोलेका भावनाहरू र प्रेमले सिर्जना गर्ने अन्योललाई केन्द्रमा राखेर तयार गरिएको उक्त भिडियो शनिबार युट्युबमार्फत रिलिज गरिएको हो।
शब्दभन्दा भावना बलियो हुने र मौनतामै धेरै कुरा अभिव्यक्त हुने अवस्थालाई कथाको मूल आधार बनाइएको ‘भ्रामित’ ले प्रेम, प्रतीक्षा र मनको द्वन्द्वलाई सरल तर गहिरो शैलीमा प्रस्तुत गरेको निर्माण टिमले जनाएको छ।
म्युजिक भिडियोमा समिर गुरुङ र प्रसन्ना गुरुङ मुख्य भूमिकामा देखिएका छन् भने अतिथि कलाकारका रूपमा विश्वात्मा ताम्राकार र मुबी श्रेष्ठको उपस्थिति रहेको छ। कलाकारहरूको अभिनयले कथालाई प्रभावकारी बनाएको निर्देशकको भनाइ छ।

भिडियोको निर्देशन प्रदीप श्रेष्ठले गरेका हुन्। गीत लेखन, संगीत तथा स्वरमा तनिश कटिला र श्रिजल लामिछानेको सहकार्य रहेको छ। संगीत संयोजन, मिक्सिङ र मास्टरिङ रोहित रञ्जितले गरेका छन्। गितार पनि उनैले बजाएका हुन्। रेकर्डिङ अडियो लाइब्रेरी नेपालमा गरिएको हो।
श्रेष्ट फोटो प्रोडक्सनको ब्यानरमा निर्माण भएको भिडियोको छायांकन प्रेम श्रेष्ठले गरेका छन् भने सह–छायांकन सुशान्त बीकेले गरेका छन्। आर्चिज ग्यालरी, कफी कल्चर र डिज्नील्यान्डमा भिडियो खिचिएको हो। पोस्टर डिजाइन पनि निर्देशक श्रेष्ठकै रहेको छ।
परियोजनामा द हक्कु कलेक्सन, CEAD कन्सल्टेन्ट्स, काएसन स्टोर, समिट रञ्जित फोटोग्राफी, कफी कल्चर पोखरा, प्रोजेक्ट बाजा र नेपालीज कल्चरको सहयोग रहेको छ।
भावनात्मक कथा, सरल प्रस्तुति र सशक्त संगीतका कारण ‘भ्रामित’ ले दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाउने निर्माण पक्षको अपेक्षा छ।





