पोखरा । जिल्ला समन्वय समिति महासंघको ३१ औं स्थापना दिवसको अबसरमा जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिले आफ्नो स्थापना दिवस मनाएको छ ।
महासंघले संघीयतामा जिल्ला समन्वय समितिको भुमिकाू बिषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेर स्थापना दिवस मनाएको हो।
कार्यक्रमको जिल्ला समन्वय समिति महासंघका केन्द्रिय सदस्यहरू सहित प्रदेशका जिल्ला प्रमुखहरूले संयुक्त उद्घाटन गर्नुभएको थियो।
अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेशका महान्यायाधिवक्ता चिरञ्जीवी शर्माले संघीयतामा जिल्ला समन्वय समितिको भुमिकाू बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो।

महान्यायाधिवक्ता शर्माले बिकास निर्माणको सहजीकरणमा महत्त्वपूर्ण भुमिका खेलिरहेका जिल्ला समन्वय समितिहरूलाइ थप प्रभावकारी र कार्य सम्पादनमा सहज बनाउन संघ सरकार र प्रदेश सरकार गम्भीर बन्नु पर्ने र आबश्यक कानुनी ब्यबस्थापन सहित मजबुत नीति निर्माण गर्न सके बिकास थप गुणस्तरीय हुने उल्लेख गर्नुभयो।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले संघीयताको मर्म अनुसार जि स स हरूलाइ मजुबुतिकरणका लागि संघ र प्रदेश सरकारलाई पटक पटक आग्रह गरिए पनि फलदायी हुन नसकेको र सरकार त्यसतर्फ गम्भीर नदेखिएको गुनासो गर्नुभयो ।
अध्यक्ष पौडेलले सिमित स्रोत साधन र बिद्यमान कानुनी ब्यबस्था अनुसार नै जि स स हरू आफ्नो आबश्यकता र औचित्य पुष्टि हुने गरि कार्य सम्पादनमा उत्रिनु सुखद भएको उल्लेख गर्दै समयानुकूल कानुनी संरचना निर्माण गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका जिल्ला समन्वय प्रमुख ,उप प्रमुख ,सदस्य सहित सरोकारवाला सरकारी तथा गैर सरकारी संस्था ,नागरिक अगुवा एबम संचारकर्मीहरूको उपस्थिति रहेको थियो।
जिल्ला समन्वय समिति महासंघ गण्डकी प्रदेश समितिका अध्यक्ष एबम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष सोम जि सि र संचालन सरस्वती बगालेले गर्नुभएको थियो ।





