सुचना१
newa srijana

चण्डी मा.वि.को ६३ औं वार्षिकोत्सव

पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीस्थित चण्डी माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव एक समारोहका बीच आज सम्पन्न भएको छ ।

वार्षिकोत्सवको पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्नुुभयो । कार्यक्रममा वडा अध्यक्ष अधिकारीले शैक्षिक गुणस्तरीयतालाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो ।

शिक्षा क्षेत्रमा देखिने गरेका विभिन्न समस्याको समाधानका लागि संघीय सरकारको राम्रो शिक्षा नीति आउनु अपरिहार्य भएको उहाँको भनाइ छ ।

विद्यालयका पूर्व विद्यार्थी एवम् राष्ट्रिय समाचार समिति(रासस) गण्डकी प्रदेशका प्रमुख वासुदेव पौडेलले विद्यालयले यस क्षेत्रको शैक्षिक उन्नयनमा विशिष्ट भूमिका निर्वाह गरेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतले शैक्षिक गुणस्तरीयतासँगै पूर्वाधार विकास लगायतका कुराहरूलाई सँगसँगै बढाइएको बताउनुुभयो ।

विद्यालय स्थापनाको यतिका वर्ष पुगिसक्दा पनि विद्यालयको आफ्नो जग्गा धनी पूर्जा प्राप्त हुन नसकेको अवस्थामा निरन्तरको मिहिनेत पछि तीन रोपनी भन्दा बढी क्षेत्रफलको जग्गा विद्यालयको नाममा प्राप्त भएको उहाँले जानकारी दिनुुभयो ।

Tiger cup

विद्यालयका प्रधानाध्यापक सन्तोषराज लामिछानेले विद्यालययको समग्र आर्थिक एवम् शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुुभएको थियो ।

विद्यालयका निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले विद्यार्थीले शैक्षिक प्रगतिमा ल्याउने चार जिपिए उनीहरूको आनीबानी र व्यहारमा पनि आउनुुपर्ने बताउनुुभयो ।

कार्यक्रममा सरस्वती टीका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लालुुप्रसाद पराजुली, शिशुुकल्याण मा.वि.का प्रधानाध्यापक सुदनराज पौडेल, शिक्षासेवी रामचन्द्र पौडेल, नगर शिक्षा समितिका सदस्य ऋषिराज आचार्य, पूर्व शिक्षक देवराज कार्की लगायतले बोल्नुुभएको थियो ।

उक्त अवसरमा विद्यालयका निवर्तमान प्रधानाध्यापक खिमबहादुर महतले यस अघि राख्नुुभएको ११ हजार १११ रुपैयाँ अक्षयकोषमा ९० हजार रुपैयाँ थप गर्नुुभयो । उक्त अवसरमा वडा सदस्य लिलादेवी नेपाली, पाण्डेवारी निवासी रामचन्द्र पौडेल, चवादी निवासी तिलकुमारी लामिछाने, बाबुराम थापा लगायतले अक्षयाकोष स्वरुप सहयोग गर्नुुभएको थियो ।

कार्यक्रमका अवसरमा विद्यालयको जग्गाधनी पूर्जा ल्याउनका लागि सहयोग गर्ने मालपोत कार्यालय, लेखनाथका कार्यालय प्रमुख, अक्षयकोषदाता लगायत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर महतको सभापत्विमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक कमलप्रसाद पौडेलले गर्नुुभएको थियो । उक्त अवसरमा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरिएको थियो भने विद्यार्थीका तर्फबाट विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो ।

Pokhara महोत्सव
वडा नं २६