पोखरा । साविक लेखनाथ नगर क्षेत्र भित्र रहेका होटल ब्यवसायिहरुको साझा सस्था होटल तथा रेष्ट्ररेष्ट एशोसिएसन लेखनाथको १८औं बार्षिक साधारण तथा सातौं अबिधेशनले सुरेस लामिछानेलाई अध्यक्षमा चयन गरेको छ ।
सस्थाको सोमबार भएको अधिवेशनले वर्तमान महासचिव लामिछानेलाई सर्वसम्वत रुपमा अध्यक्षमा चयन गरेको हो । आगामी कार्यकालका रुपमा चयन भएको समितीको उपाध्यक्षमा विष्णुहरि सुवेदी,महासचिवमा शक्तिश्री कोईराला,कोषाध्यक्षमा मुक्ति सुवेदी र सचिवमा रोजेन्द्र सुवेदी रहेका छन् भने समितिको सदस्यमा प्रकाश सापकोटा,निर्मला थकाली,अमृत लामिछाने,रबिभक्त थापा,अनिल ढकाल र ओम श्रीस मगर रहेका छन् ।
यस अघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेले पोखरामा आउने पर्यटनको वसाई लम्वाउनका लागि यस क्षेत्रमा रहेका अन्य पर्यटकीय क्षेत्रको बिकास गराउनु अनिवार्य भएकाले बेगनासताललाई नयाँ पोखराको रुपमा विकास गराउदै यस क्षेत्रमा पर्यटकीय गतिविधी वढाउनु पर्नेमा जोड दिएका थिए ।

सोही अवसरमा पोखरा महानगरपालिका वडा नम्वर ३१ का वडाअध्यक्ष ढकनाथ कडेल,लेखनाथ उद्योग बाणिज्य संघका अध्यक्ष जानुका अधिकारी,पोखरा पर्यटन परिषदका उपाध्यक्ष हरी भुजेल,पोखरा महानगरपालिका ब्यवसायिक प्रर्वद्धन केन्द्रका प्रमुख नवराज अधिकारी,पोखरा भ्रमण वर्षका सह संयोजक दामोदर भक्त थापा लगाएतले पोखरा र बेगनास आस पासमा रहेका पर्यटकीय क्षेत्रको प्रचार प्रसार र प्रवद्धन गर्न सक्ने हो भने पोखरामा आएका पर्यटकको वसाई लम्वाउन सकिने विश्वास ब्यक्त गरेका थिए ।
होटल तथा रेष्ट्ररेष्ट एशोसिएसन लेखनाथका अध्यक्ष विरभद्र कडेलको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष शक्तिश्री कोईरालाले आर्थींक प्रतिवेदन र महासचिव सेरस लामिछानेले प्रगति प्रतिवेदन र भावी कार्यक्रमका वारेमा आ आफनो प्रतिवेदन प्रस्तुत गरेका थिए ।
लेखनाथ क्षेत्र भित्र रहेका करिव सय भन्दा वढि होटल ब्यवसायिहरु सदस्य रहेको सस्थाको साधारण सभाको निर्वाचन मंणलको संयोजकमा दामोदरभक्त थापा र सदस्यहरुमा पुर्व अध्यक्ष कृष्ण प्रसाद तिमिल्सेना र अर्जुन लम्साल रहेका थिए । सोही अवसरमा बेगनासतालको किनारा माझिकुनालाई आन्तरिक तथा बाहिय पर्यटन प्रवद्धनमा योगदान पु¥याउने हुने सुर्य लामिछानेलाई सन्मान गरिएको थियो ।





