सुचना१
newa srijana

विरूवा गाउँपालिकामा अवैध हतियारसहित दुई जना पक्राउ

पोखरा । आसन्न प्रतिनिधिसभा निर्वाचनको सुरक्षा व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाले विरूवा गाउँपालिकाबाट अवैध हतियारसहित दुई जनालाई पक्राउ गरेको छ।

विरूवा गाउँपालिका–२ झागडीबाट ३ थान भरुवा बन्दुक र सोसँग सम्बन्धित विभिन्न सामग्री बरामद गरी २ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिएका छन्। पक्राउ पर्नेमा विरूवा–२ झागडी निवासी ६६ वर्षीय रोम बहादुर राना र सोही ठाउँ बस्ने ६९ वर्षीय बिर बहादुर थापा रहेका छन्।

Tiger cup

रानाको साथबाट सामुदायिक वनको ओडारमा लुकाइराखिएको अवस्थामा फलामको गजसहित २ थान एक नाले भरुवा बन्दुक, ४८० ग्राम बारुद, १३५ थान छर्रा, ६ थान डेटोनेटर, १ किलो ३०० ग्राम सोडा, ४५० ग्राम गन्धक, १६० ग्राम प्लास्टिक विस्फोटक, १० थान खोका नभएको गोली लगायतका सामग्री बरामद गरिएको छ।

त्यस्तै थापाको घर नजिकैको झाडीबाट फलामको गजसहित १ थान एक नाले भरुवा बन्दुक फेला परेको नायब उपरीक्षक चौधरीले बताए। प्रहरीले दुवैलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।

Pokhara महोत्सव
वडा नं २६