सुचना१
newa srijana

जिल्ला समन्वय समिति कास्कीद्वारा रूपा रिङ्गरोड सडकको अनुगमन

पोखरा । जिल्ला समन्वय समिति कास्कीको टोलि ले रूपा रिङ्गरोड सडकको बुधबार अनुगमन सम्पन्न गरेको छ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्बाधार मन्त्रालय ,भौतिक पूर्बाधार कार्यालय मातहत निर्माणाधीन १६ कि मि लामो उक्त सडक २०८१ साउन १७ रू करिब ४७ करोड १८लाख ९१ लागतमा सम्झौता भएर निर्माण प्रारम्भ भएको थियो।

बि बि आर कन्स्ट्रक्सन जे भि ले निर्माण गरिरहेको सो सडक २०८३ माघ १६ भित्र निर्माण सम्पन्न हुनेछ।

सिटीजन फनिच्रर

हाल्सम्म २६ करोड ८१ लाख ५० हजार ७६३ भुक्तानी भएको सो सडकको ५० प्रतिशत भौतिक र ५६ प्रतिशत बित्तीय प्रगती भएको जनाइएको छ ।

अनुगमनका क्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले गुणस्तरीय काममा कुनै कमजोरी हुन नदिन आग्रह गर्दै निर्धारित समयमै सम्पन्न हुने गरेर अगाडि बढ्न निर्माण कम्पनी सहित सरोकारवाला कार्यालयलाई आग्रह गर्नुभयो ।

भौतिक पूर्बाधार कार्यालयका इन्जिनियर राजेश चित्रकारले सो आयोजनामा रकम अभाव नरहेको र हालसम्म कुनै ब्यबधान नआएको अबस्थामा समयमै निर्माण सम्पन्न हुनेमा आशावादी रहेको उल्लेख गर्नुभयो ।

प्रमुख लिलाधर पौडेलको नेतृत्वमा उप प्रमुख सरिता माल,,सदस्यद्वय राजु अधिकारी र हर्क गुरुङ,जिल्ला समन्वय अधिकारी नवराज बराल सहित बिभागिय कार्यालय का इन्जिनियर ,प्राबिधिक ,कर्मचारी सहित सरोकारवाला उपभोक्ताको सहभागितामा अनुगमन सम्पन्न गरिएको हो।

Tiger cup
वडा नं २६