पोखरा । नेपाली काँगे्रस क्षेत्र नं। ३ कास्कीले आफ्नो क्षेत्र भित्र पर्ने पोखरा महानगरपालिकाका विभिन्न वडा , माछापुच्छ्रे गाउँपालिका र अन्नपुर्ण गाउँपालिकामा प्रचार प्रसार कार्यालय उद्घाटन एवम् उम्मेद्वार सहितको घरदैलो कार्यक्रमलाई तिव्रता दिएको छ । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यक्रमलाई तिव्रता दिएको हो ।
सोही अन्तर्गत पोखरा महानगरपालिका वडा नं २४ कास्कीकोटमा नेपाली काँग्रेसको चुनावप्रचारप्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन सहित घरदैलो कार्यक्रम गरिएको छ ।
कार्यलयको नेपाली काँगे्रसका केन्द्रिय सदस्य कृष्ण केसी, पुर्व सांसद शारदा पौडेल, कास्की काँग्रेसका उपसभापति एवम कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवार र उम्मेदवार मनोज गुरुङले संयुक्त रुपमा उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य कृष्ण केसीलो विशेष महाधिवेशनबाट गगन थापाको नेतृत्वमा बद्लिएर आएको नेपाली काँगे्रसले अब देश र जनताका अवस्थालाई नै बदल्ने संकल्पका साथ निर्वाचनमा होमिएको बताँउनु भयो । कास्की क्षेत्र नं।३ ले प्रत्यक्ष तर्फ मनोज गुरुङ र समानुपातिक तर्फ आइ बहादुर गुरुङ जस्ता इमानदार र सादगी नेता उम्मेद्वार पाएको बताउदै क्षेत्र नम्बर ३ का जनताले जिताएरै छाड्ने विश्वास ब्यक्त गर्नु भयो ।
कार्यक्रममा विगत ३५ वर्ष देखि कम्यूनिष्ट पार्टीमा लागेका समाजसेवी चक्रपाणि त्रिपाठी सहित टिकाराम भट्टराई, नवयुवा विजय अधिकारी, इन्दिरा त्रिपाठी लगाएत दर्जन वढी व्यक्ति नेपाली काँगेसमा प्रवेश गरेका छन्

पार्टी प्रवेश गरेका समाजसेवी चक्रपाणि त्रिपाठीले पटक पटक कम्यूनिष्ट पार्टीहरुले आफु र आफु जस्ता इमानदार कार्यकर्तालाई झुठा अस्वासन बाडेर देशलाई नै कंगाल बनाउन लागेको आरोप लगाउनु भयो । आफू लहड र भावनामा नभइ निकै सुजबुझ ढङ्गले नेपाली काँगे्रसमा प्रवेश गरेको बताउनुभयो ।
जेनजी युवा एलिसा अधिकारीले अहिलेको परिवेशमा भाषण गर्ने नभइ जनताको भावना बुझ्ने र काम गर्ने नेता चाहिएको भन्दै त्यो नेता क्षेत्र नंं। ३ मा मनोज गुरुङ र आइ बहादुर गुरुङ भएको बताउनु भयो । अनुभवी नेतृत्व विना देश अगाडी बढ्न नसक्ने बताउदै देशलाई निकास दिन गगन थापा भावी प्रधानमन्त्रीको रुपमा अगि बढि सकेको बताउनुभयो ।
नेपाली काँग्रेस कास्कीका उपसभापति एवम कास्की क्षेत्र नंम्बर ३ का निर्वाचन परिचालन समितिका संयोजक युवराज कुँवारले काँगे्रस देशको पार्टी मात्र नभइ देशको शक्ति भएको बताउदै देश बदल्ने अठोटका साथ बदलिएर आएको काँगे्रसलाई सबै क्षेत्रमा जिताएर नेपाली काँगे्रसको सरकार बनाउन जनता आतुर रहेको बताउनुभयो ।
नेपाली काँग्रेस कास्की निर्वाचन क्षेत्र नं ३ का उम्मेदवार मनोज गुरुङले राजनिति आफ्नो लागि सेवा भएको बताउदै व्यक्तिगत इच्छा त्यागेर जनताले देखेको सपनालाई आफुले बोकेर पुरा गर्ने अठोटका साथ लाग्ने प्रतिवद्धताका साथ हिडेको जनाउनुभयो । आफ्नो क्षेत्रमा डुल्दा घरघरमा आशा र सम्भावना बोकेका युवा काँगे्रसमा आकर्षित भएको बताउदै युवालाई देशमै बस्ने वातावरण बनाउन इमानदारीका साथ लाग्ने बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य एवम पुर्व सांसद शारदा पौडेल, अग्रज नेता दुर्गा तिमिल्सीना, नवयुवा विवेक तिमिल्सीना लगायतले बदलीएको काँग्रेसले देशलाई बदल्ने जिकिर गर्दै नेपाली काँग्रेसलाई बिजयी गराउनुुपर्ने धारणा राख्नुुभयो ।
नेपाली काँग्रेस पोखरा २४ इकाइ सभापति प्रताप बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत उपसभापति हरिदत्त तिमिल्सीना र संचालन इकाइ सचिव चन्द्रेश्वर वस्ताकोटीले गर्नु भएको थियो ।





