barahi

माक्र्सबादको आलोचनात्मक बिश्लेषण र नेपाल चर्चा

Gs Nepali

माक्र्सबाद भन्नाले के बुझिन्छ भन्ने प्रश्न नै पहिलो हो ।

सन १८१८ मा जमर्नीमा जन्मेका कार्ल माक्र्स एक बिशिष्ठ दार्शनिक (फिलोसोफर) हुन । उनले राजनैतिकशास्त्र, अर्थशास्त्र र समाजशास्त्र जस्ता ३ गहन बिषयमा महत्वपूर्ण योगदान वा आफ्नो सिद्धान्त र अवधारणा दिएर गएका छन । सन १८१८ देखी १८८३ सम्म बाचेका कार्ल माक्र्स तत्कालिन बिकसित हुदै गरेको पुजीबादका कट्टर बिरोधी थिए र सोही अनुसार युरोपमा पुजीबादको भरपुर आलोचना गरे । कम्युनिजमको सिद्धान्त तथा वर्ग संघर्ष जस्तो गहन अवधारणालाई ससक्त प्रस्तुत गरे जस्का कारण आज पनि बिश्व पूजिबादी ध्रुव र कम्युनिष्ट धु्रव गरी २ ध्रुवमा बिभाजित छ ।
कार्ल माक्र्स खासगरी तत्कालिन समयको ३ घटना वा बिचारहरुबाट प्रभावित भएका थिए, यिनै कुराको बिष्लेषात्मक रुप माक्र्सबादमा पाइन्छ । पहिलो हो फ्रान्सेली क्रान्ति (सन १७८९ देखी १७९९), दोश्रो बिभिन्न जर्मन फिलोसोफरहरु, तेश्रो बृटिस स्कुल अफ पोलिटिकल इकोनोमी थट । यसै समय वा यस अगाडीका बिभिन्न दार्शनिकका बिचारबाट प्रभावित भएर कार्ल माक्र्सले पूजिबादलाई नजिकैबाट नियालेका थिए । त्यसैले उनी आफ्नो अवधारणा, सिद्धान्तलाई अति दह्रो सग बिश्वसामु ल्याउन सकेका हुन । त्यसैले आज पनि बिश्वका गरिव वा धनी मुलुकमा माक्र्सबादको प्रभाव कुनै न कुनै रुपमा पर्दैआएको छ ।
कार्ल माक्र्सका अनुसार समाजमा २ थरी बर्ग हुन्छन हुनेखाने र नहुने अर्थात हुदा खाने , (हायभ्स एण्ड हायभनटस् ) मजदुर वर्ग र पुजीपती वर्ग । पुजीपती वर्ग अर्थात हायभ्सहरुले जहिले पनि मजदुर वा सर्वहरा वर्गलाई शोषण गरिरहेको हुन्छ । प्रसस्त मुनाफा कमाएको हुन्छ भने मजदुरलाई सामान्य तलवमा कडा परिश्रम गराएको हुन्छ । यसरी हुने शोषणबाट श्रमिक वर्ग पनि आम्दोलित हुन्छ र क्रान्ति गर्दछ जुन हिसांत्मक पनि हुन सक्छ । यही क्रान्तिले उत्पादनमा सर्वहारा वर्गको पनि स्वामित्व हुन जान्छ शक्ति र सम्पत्ती माथीको अधिकार स्थापित हुन्छ भने मुनाफाको उचित मुल्य उक्त मजदुरले पनि पाएर समाजमा असमानता हटेर जान्छ । यसरी सत्ता समेत मजदुर वर्गले खोसेर लिए पछी पुजीबादको अन्त्य हुन्छ भन्ने माक्र्सबादको वर्ग संघर्षको मुख्य सिद्धान्त हो । यो कुरा १८४८ को कम्युनिष्ट मेनुफेस्टोमा उल्लेख भएको थियो । यो क्लास स्ट्रगल र रेभुलुसन बारेको यो सिद्धान्त कार्ल माक्र्स र फेडेरिक एड.गेल्सले तयार गरे पछि बिश्वमा यो सिद्धान्तले हलचल मच्चायो ।
माक्र्सबादको सारतत्व
१ माक्र्सबादमा मुख्य गरि ६ कुरा उठाइएको छ , द्धन्द्धात्मक भौतिकबाद, ऐतिहासिक भौतिकबाद, अतिरिक्त मुल्यको सिद्धान्त, क्रान्ति, वर्ग संघर्ष र कम्युनिजम ब्यावस्था । यि सवै सिद्धान्त र अवधारणालाई ब्याख्यात्मक र बैज्ञानिक रुपले प्रमाणित गर्न खोजिएको छ । यिनै अवधारणाको गहिराइ अध्यान नै माक्र्सबाद हो ।
समाजमा सिमित श्रोत साधन भएकाले त्यो प्राप्तीका लागि प्रतिस्पर्धा र संघर्ष हुन्छ त्यो प्रतिस्पर्धा र संघर्षमा धन सम्पत्ती हुने, शक्ति र पहुच हुने माथिल्लो बर्गले नै प्राप्त गर्ने हुदा तल्लो वर्ग वा कमजोर वर्गलाई कुनै अवसर दिदैन । अझ उपल्लो बर्गले आफनो धन सम्पत्ती र शक्तिका माध्यमले तल्लो बर्गको शोषण गरिरहन्छ । धनी अझ धनी हुने कोशिस गरिरहन्छ , मुनाफा कमाइ रहन बिभिन्न प्रयत्न गरिरहन्छ ।
२ माक्र्सको कन्फिल्क्ट थ्यौरी अनुसार समाजमा जम्मा २ वर्ग हुन्छन माथिल्लो बर्ग अर्थात पुजीपती वर्ग र तल्लो अर्थात सर्वहारा वर्ग । यसबाहेका समाज अरु कुनै बिभाजन हुदैन तर तल्लो बर्गलाई सधै शोषण गरिरहन उनीहरु बिच नै बिभाजन ल्याउनु अति आवश्यक हुन्छ । प्रतिसतमा धेरै भए पनि यो तल्लो बर्गलाई धर्म,सस्कृती जात, सम्प्रदाय, सस्कार वा अवस्थाको आधारमा बिभाजन गरेर राखेमा उनीहरु त्यही बिभाजनको भूमरीमा परिरहन्छन । धर्मले त भाग्यबाद र आशाबादको सोच बिकास गरी कसैको बिरोध नै गर्न सक्दैनन । यसरी नै राष्ट्रबाद, धर्मबाद, जातीबादले मानिस मानिस बिचमा लडाई भइरहदा आर्थिक आधारमा भएको असमानता र शोषणलाई कुनै बिरोध गर्दैनन । उता पुजीबादीले प्रसस्त फाइदा पुगिरहेको हुन्छ ।
३ सर्वहारा माथी पुजीपतीले अत्यन्त शोषण गरे पछी भने सर्वहारा एक जुट भई पुजिपती बिरुद्ध क्रान्ति गर्दछन जस्ले पुजीपतीको सत्ता र सम्पत्ती दुवैमा मजदुर अथार्त सर्वहाराको अधिपत्य कायम रहनेछ ।
४ माक्सबादको अर्को महत्वपूर्ण अवधारणा ऐतिहासिक भौतिकबाद हो जसलाई मानव समाजको इतिहासको वर्गिकरणसग हेरिन्छ । मानव समाजको इतिहास कुनै आर्दश, धर्म, मान्यता, बिचार र ब्यक्तिको आधारमा बिभाजन नभई उत्पादनको ब्यावस्थाका कारण अर्थात बस्तु (मेटेरिलिजम)कै आधारमा भएको मानिन्छ । त्यही बस्तु वा पुजी सम्पत्ती प्राप्त गर्ने र त्यसमाथीको स्वामित्वको आधारमा नै मानव समाजको ऐतिहासिक अर्थतन्त्र बिकास भएको मानिन्छ । जसलाई हिस्टोरिकल म्याटारिलिजम भनिन्छ । राजा र प्रजा बिचको संघर्ष, सामान्त र किसान बिच टकराव, मालिक र मजदुर बिच संघर्ष आदीले नै नया परिवर्तन ल्याएका छन । त्यो परिवर्तनले सर्वहारा बर्गले नै जितेको हुन्छ । समाजको असमानता हटाएर नै वास्तविक समाजबाद आउने हो । ब्यक्तिगत सम्पत्ती भन्दा सामाजिक सम्पत्ती वा स्वार्थलाई प्रथामिकता दिने ब्यवस्था नै समाजबाद हो ।
माक्र्सबादको प्रभाव
माक्र्सबाद भन्नाले त्यो कुनै ब्यक्ति वा शरिर हैन त्यो आइडिया हो, कन्सर्न वा कन्र्सन फर चेन्ज हो । किनकी १८४८ ताका को माक्र्सको सोच बिचार आज पनि संसारको कुना कुनामा त्यत्तिकै उपयुक्त र सान्दर्भिक छ । माक्र्सको बिचार र प्रभावलाई उदाहरणको रुपमा हेर्दा जव दित्तिय बिश्व युद्ध पछी अर्थात सन १९४५ पछी बिश्व २ भागमा बिभाजन भएको थियो । पहिलो पुजीबादी राष्ट्र अमेरिकाले नेतृत्व गरेको बिभिन्न राष्ट्रहरु जो माक्र्सबादका कट्टर बिरोधी थिए । दोश्रो कम्युनिष्ट राष्ट्रहरु जस्को नेतृत्व तत्कालिन युएसएसआर अर्थात रुसले गरेको थियो, जस्ले माक्र्सबाद प्रमुख एजेण्डा मानेको थियो । कम्युनिष्ट राष्ट्रले माक्र्सबादलाई अति उत्तम ठान्थे अर्थात आफ्नो इन्जीन, आइडिया ठान्थे भने उता क्यापिटलिस्ट देशहरु माक्सबादलाई जुलीयस सिजर जस्तै भूत ठान्थे । जुन भूतले आज पनि पुजीबादी राष्ट्रहरुलाई सताइरहन्छ उनीहरुको निद्रा हराम गरिरहन्छ । त्यही भूतको डरले नै क्यापिटालिजममा माक्सीजमको सोसियोलिम पनि मिसाएर सोसियल डेमोक्रेसीलाई अगाडी ल्याएका छन अझ वेलफियर स्टेटको अवधारणा अगाडी ल्याएका छन ।
संसारमा अहिले पनि माक्र्सबाद मान्नेहरु माक्र्सलाई देवता मान्दछन तर माक्र्स नमान्नेहरु माक्र्सलाई भूत अर्थात घोष्ट मान्छन । वास्तवमा माक्र्स नत देवता न त भूत हुन उनी त समाजको आइडियाका ब्याख्याकार पोलिटिकल थट का एक पिल्लर हुन । त्यसैले आज दुनियामा हामी जहा सुकै भएपनि जस्तो सुकै स्तरको भए पनि माक्र्सबादको प्रभाव हाम्रो जिवनमा परेकै हुन्छ । चाहे गरिव देश नेपाल होस वा धनी अमेरिका चाहे बिश्व धनी इलन मस्क हुन वा सडकमा सुत्ने सडकछाप नै किन नहुन माक्र्सबाद नजाने पनि उनको बिचारको प्रभाव हरेकको जिवनमा परिरहेको हुन्छ ।
बास्तवमा माक्र्सबाद कुनै फिलोसोफी दर्शन मात्र हैन यो थ्यौरी र एक्सनबाट निस्कने परिर्वतनको सिद्धान्त हो । प्लेटोको पोलिटिकल थटको इन्फुलियन्स देखी सत्रौ र अठारौ सताब्दीका युरोपियन फिलोसोफरहरुको समग्र बिचारको फरक समसामहिक सारतत्व हो माक्र्सबाद । पुजीबादका पिल्लर अफ थट एडम स्मिथ र जोन लकको जस्तै थ्यौरी मात्र हैन माक्र्सबाद यो प्राक्टीकल्ली उपयोगी छ जसबाट एक्सन थ्यौरी निस्कन्छ । जस्को साथमा पैसा सम्पत्ती धेरै छ त्यसैले अझ धेरै कमाउन प्रयत्न गर्छ जस्का कारण शोषण गर्छ अझ बढी कमाउछ । सत्ता र सम्पत्तीले उ शोषक बन्दछ । किनकी पुजीपतीहरुको लागि अरुको ज्यान भन्दा आफ्नो मुनाफा बढी महत्वपूर्ण हुन्छ । यो प्राकृतिक सत्य हो जुन माक्र्सबादले मान्दछ । जोन लकले भनेझै सरकार केवल वाच डगको काम गर्नु पर्छ अरु सवै बजार स्वतन्त्र र खुल्ला छाडनु पर्छ भन्ने मान्ने हो भने पुजीबादीले आम जनता मार्नेछन शोषण गरेर खानेछन । त्यसैले पुजीबाद जोगाउन नै माक्र्सबादको केही कुरा राखेर क्यापिटलिस्ट देशले नै लोककल्याणकारी राज्यको अवधारणा अगाडी ल्याएका छन । क्यापिटलिस्ट बाट जनतालाई जोगाउनु पर्छ भन्ने माक्र्सबादी अवधारणा हो । समाजमा धेरै भन्दा धेरै असमानता गरिवी र अभाव हुने अवस्था आउनुको कारण पुजीबादीहरुले धेरै भन्दा धेरै कमाउने आकांक्षाले हो । प्राइभेट प्रोपर्टी र राज्य ब्यावस्था प्रणाली नै समाजमा असमानता, अभाव र द्धन्द्धको श्रृजना गरेको हुन्छ । यही प्राइभेट प्रोपर्टीको ब्यावस्था खारेज गरेर कमन प्रोपर्टी कम्युन सिस्टम लागू गराउनु, राज्य संरचनालाई परिवर्तन गर्नु नै कम्युनिष्ट ब्यावस्थाको मुल सिद्धान्त हो । फेरी राज्य भनेको पनि पूजीबादीहरुको सुरक्षाका लागि बनेको बोडर हो किनकी सरकार र राज्य मिलेर पूजिबादलाई संरक्षण गर्ने हो । कुनै बस्तु पाउनका लागि क्यापिटलिस्टको हितका लागि नै प्रहरी, कर्मचारी र राज्यका सवै अंग आवश्यक पर्ने हुन्छ । खासगरी क्यापिटलिजम भन्नाले मानिसको आफ्नो योग्यता र कार्य क्षमता अनुसारको काम र सोही अनुसारको बस्तु वा मुनाफा पाउनु हो । यसमा मानिसको योग्यता र क्षमता उस्को शिक्षा, सम्पत्ती र शक्तिबाट प्राप्त गरेका हुन्छ जस्ले असमानता कायम गराउछ । तर माक्र्सबादका अनुसार मा मानिसको क्षमता र योग्यता अनुसारको काम र आवश्यकता अनुसारको मुनाफा पाउनु हो । जस्ले गर्दा योग्यता र क्षमता नहुनेहरु पनि असमानताको चक्रमा फस्दैनन र सवै समान हुन्छन भन्ने मुख्य कुरा हो ।
माक्सका अनुसार सोसियोलिजम पछी मात्र कम्युनिजम आउने हो । सोसियोलिज आउनकै लागि पनि पूजिबाद चरम अवस्थामा पुग्नु पर्ने हुन्छ । जव अत्यचार बढी हुन्छ मजदुर बर्गले संघर्षबाट सत्ता प्राप्त गर्दछन त्यो प्रोलिटरियट डिक्टेटर सरकार हुनेछ । त्यसैले चिनको संबिधानको आर्टिकलमा नै डिक्टेटर लेखिएको छ । डिक्टेटर नराम्रो शब्द हैन त्यो बहुदल बिरोधी भने हो । बहुदलका धेरै पार्टी भएमा बिकास गर्न असम्भव हुन्छ मात्र झगडा हुन्छ एकै भिजन र प्लानमा काम गर्न गाह्रो हुन्छ । त्यसैले कम्युनिष्ट डिक्टेटर राम्रो ठानिन्छ । कम्युनिष्ट पार्टी अरु दलसग प्रतिस्पर्धा गर्ने नभइ जनतामा आफ्ना एजेन्डा लैजान र जनतालाई एकताबद्ध गर्न पार्टी आवश्यक ठानिएको हो तर यो माक्सबाद भित्रको हैन पछी आउने माक्र्सबादका अनुयायी नेताहरुले थपेको अवधारणा हो ।
माक्र्सबादको आधारस्तम्भको रुपमा मोड अफ प्रडक्सन पनि एक हो । जुन समय कार्ल माक्र्सले यो सिद्धान्तको प्रतिपादन गरे त्यस समयको उत्पादन प्रणाली मानव निर्मित अर्थात म्यानोल थियो तर अहिलेको उत्पादन मानविय श्रम भन्दा मेसेनरी र कम्प्युटरले ओगटोको छ । यसले श्रम बिभाजनमा नै फरक पार्दछ । अर्को कुरा पूजिबादमा रिलेसन अफ प्रडक्सन केवल बुज्रुवा वर्गमा मात्र हुन्छ भन्छ माक्र्सबाद तर अहिलेको अवस्थामा उत्पादन वा कम्पनीमा हजारौ लाखौको लगानी भएको पनि हुन्छ । शेयर बजार र कामदारको शेयरले समेत उद्योग चलेको हुन्छ भने मुनाफा पनि कामदारले बोनस वा खुद मुनाफा बाढ्ने गरेका उत्पादक कम्पनीहरु पनि छन जस्ले यहा माक्र्सबादको सिद्धान्त नै फेल खाएको देखिन्छ ।
पश्चिमाको सोसियोलिजम
लिब्रालिजम भन्ने शब्द जोनलकको फिलोसोफीबाट आएको भएपनि फ्रान्सेली क्रान्तिबाट इक्वाइलिटी, फ्रटानिटी र लिबट्र्री भन्ने शब्द आए । यिनैको प्रभावले फ्रान्समा क्रान्ति भएको थियो र सामान्त वर्गको अन्त्य भएको मानिन्छ । तर पनि फेरी ब्रुजुवा र श्रमजिवी बिचको लडाईले युरोपलाई नै धेरै पाठ सिकायो । पछी माक्र्सबाद आएपछी युरोपका क्यापिटलिस्टहरु डराएर नै समाजका असमानता हटाउन क्यापिटलिस्टलाई बचाउन सोसियोलिजम ल्याइयो जसलाई लोककल्याणकारी राज्य मार्फत लागू गरिने अवधारणा आयो । यसमा खासगरी माक्र्सबादी दृष्टिकोणबाट हेर्दा कुनै पूजिपतीले प्रसस्त कमाइसकेपछी उस्ले आफु भन्दा तल्लो बर्गका जनताको लागि पनि केही योगदान गर्नुपर्छ अर्थात आय अनुपातको कर तिर्नुपर्छ जस्ले राज्य र तल्लो स्तरको जनताको जिवनस्तर उकास्न सकियोस भन्ने हो । तर एक ब्यक्ति टन्न अघाए पछी अरुलाई पनि दिनुपर्छ भन्ने ठान्दैन बरु भोलीलाई राख्छ वा अझ भोको भैरहन्छ त्यसैले यस अवधारणाले असमानता हटाउन सकिदैन भन्ने माक्र्सबादीहरुको धारणा रहेको पाइन्छ ।
कन्सेप्ट अफ एलिगेसन
माक्र्सबादका अनुसार मानिस बास्तविक प्राकृतिक र सामाजिक प्राणी हो । प्रकृतीले नै मानवलाई बनाएको हो भने मानवको स्वभाव नै प्रकृतित सामाजिक हुन्छ । तर यो पूजिबादले मानिसको स्वभावमा स्वार्थ र भौतिक पदार्थ भरिदिएको छ । अहिलेको हरेक मानिस पैसा अर्थात आर्थिक उन्नती र सामाजिक स्तर खोज्दछ । त्यसैले असमानता, चोरी, भ्रष्टचार र बदमासी हुनेगरेको हो । यो वास्तवमा मानवको नेचरबाट टाढा गएको हो । अझ भनौ यो पूजिबादी संसार हो र सवैलाई क्वाइलिटी अफ लाइफ बिताउनु छ । त्यसका लागि आर्थिक प्रमुख कुरा हो भने अर्को शक्ति वा सत्ता हो । यहा स्वास्थ्य, शिक्षा, सुरक्षा र सुबिधाका लागि पैसा नै चाहिन्छ जुन नेचुरल्ली पाउनुपर्ने हो । यही बाच्नु छ बचाउनु छ भने सामाजिक सम्बन्ध र समाजिक अवस्था कायम राख्न पैसाले भूमिका खेल्ने हुदा मानिसको क्रियटिभिटी पैसाले खत्तम बनाएको छ । मानिस मानिस बिचको रिलेसन वा प्रकृती र मानिस बिचको रिलेसन पैसाले नै बिगारेको छ । मानिसलाई मेसिन बनाएको छ । त्यसैले यो पूजिबादी संसारमा मानिस वास्तविक स्वतन्त्र भएकै छैन । बाधेको जनावर सरह पूजिबादले हामीलाई बन्दी बनाएको छ त्यही जेल भित्र म वा हामी फ्रिडम छौ भन्ने नाटक गर्नुपरेको छ ।
यही पूजिबादको अर्को रुप बजारले हाम्रो खुसी र स्वतन्त्रता खोसेको छ हाम्रो छनोट पनि बजारले निर्धारण गरिदिन्छ । क्यापिटलिस्टले कुन समान बेच्ने भनेर बिज्ञापन र बजार कब्जा गर्दछ, यो ठिक भन्ने हाम्रो अप्सन बनाइदिन्छ । त्यसैले आजकलका स्वतन्त्रताप्रेमी बिद्धानह पनि एक सपिड.कम्प्लेक्स भित्रको बिभिन्न रोजाई भेरियबल च्वाइस नै वास्तविक स्वतन्त्रता हो भन्न थालेका छन ।
माक्र्सबादको नयारुप, चैतन्य मिश्र र नेपालको सन्दर्भ
नेपालका समाजशास्त्री चैतन्य मिश्रका अनुसार माक्र्सबाद र उनी पछीका लेलीनबाद, माओबाद, चेग्योभारा हुदै नेपालका कम् युनिष्ट पार्टी र प्रचण्डसम्मका बाद वा बिचारधाराहरु धेरै फरक हुन । बास्तवमा माक्र्सबाद परिपक्क अवधारणा हो जस्लाई बैज्ञानिक तवरले प्रमाणित गर्न र वास्तविक मानव बिकासको पथ मानिन्छ । तर माक्र्स पछी आएका बादहरु समय परिवेश र परिस्थिती अनुकुल रुपान्तरित भएका हुन । अर्थात सिजरिड. गरि जन्माइएका हुन । माक्सबादको अनुसार प्राइभेट प्रोपर्टीले क्यापिटलिजमा केवल मुनाफा मात्र खोज्दछ । यो प्रोफिट सिस्टम भत्काउनु पर्दछ तवमात्र बास्तविक सोसियोलिजम आउछ । अनी ओनरसिप पनि कुनै एक ब्यक्तिको हुने बित्तिकै शोषण र नाफाको अवधारणा आउछ त्यसैले जती पनि प्रडक्सन सिस्टमका अनरसिप नै खत्तम गर्नुपर्छ र सवै प्रोडक्सनलाई कम्युन सिस्टममा लैजानु पर्छ । तर अहिलेका कम्युनिष्ट शासन भएका देशमा नै यो कम्युन सिस्टम छैन ।
उदार पूजिबादका अनुयायी सेनजेभियन कन्ट्रीहरु जस्ले सोसियोलिजम अपनाएको भन्दछन उनीहरुमा प्रडक्सनलाई प्राइभेट क्षेत्रलाई स्वतन्त्र रुपमा छाडिदिएका छन भने सवै उत्पादन प्राइभेटाइजेसन हुन्छ । तर बितरणको मामिलामा बजार र उत्पादकलाई स्वतन्त्र नछाडी राज्यले नियन्त्रण गरेको हुन्छ ताकी उत्पादकले आफ्नो मनखुसी गर्न नपाओस अनी बितरण असमान नहोस भन्ने यो अवधारणा अवलम्बन गरेको पाइन्छ । यसरी मास्कबादी समाजबादमा उत्पादन र बितरण सवै राज्यको नियन्त्रणमा हुन्छ भने डेमोक्रेटिक समाजबादमा उत्पादन स्वतन्त्र र बितरण राज्य नियन्त्रणमा हुन्छ यही नै यि दुई समाजबादको फरक हो । यस्तै बर्तमान समयमा माक्र्सबादमा देखिएका भ्रम र बिरोधाभाष कुराहरु यस्ता छन ।
१ लेलिनले माक्र्सबादी सिद्धान्त र बिचारलाई प्रयोग गर्ने क्रममा सन १९१६ मा नै भनेका थिए यो पूजिबाद चरम उत्र्कषमा पुगेको छ यसलाई केही धक्का दिए मात्र ढल्छ । तर आज १०६ वर्ष भैसक्यो ढलेको छैन झन जरा गाढदै गएको पाइन्छ । हामी कहाका कम्युनिष्ट पार्टी र माक्र्सबादका नेताहरु त्यही पूजिबाद ढल्दैछ भन्ने भ्रममा नै बाचेको पाइन्छ । बास्तवमा सत्यता के हो र लेलिन कती सत्य बोलेका थिए खोज्नु पर्ने अवस्था छ ।
२ सन १९४८ को माक्र्सबादी घोषणापत्रमा भने अनुसार समाजबाद केवल सर्वहारा वर्गले मात्र ल्याउने हो, यसमा किसान वा साना बुजु्रवा वर्ग वा मध्यम भन्ने छैन । किनकी यूरोपमा त्यसबेला ९५ प्रतिसत सर्वहारा र ५ प्रतिसत पूजिपती थिए । अहिले नेपालमा सर्वहारा वर्ग कति छन त ? नेपालमा पूर्ण भूमिहिनको प्रतिसत धेरै थोरै छ भने सर्वहाराको एकता पनि अर्को बिबादास्पद कुरा हो । एक देश वा ठाउका मजदुर एक हुन नसकेको परिप्रेक्ष्यमा बिश्वका मजदुर एक हुन कसरी सक्लान ?
३ नेपालका सवै दल र नेताहरुले लोकतन्त्रलाई मान्दै आएका छन र मन पराइएको ब्यवस्था स्विकार गरेका छन । तर नेपालको जनसंख्याको झण्डै ६० प्रतिसत भन्दा धेरै कम्युनिष्ट नामको पार्टी समर्थन गर्ने नेपालमा छन । यिनीहरु सवै लेलिनबादी, माओबादी अर्थात माक्र्सबादीहरुले नै लोकतन्त्र मान्छु भन्नु अति बिरोधाभाष कुरा हो । लोकतन्त्र भन्नाले बहुदलिय प्रजातान्त्रिक ब्यावस्था हो, पूजिबादको नयारुप । फेरी कम्युनिष्ट पार्टी चाहिन्छ भन्नु बहुदलियता र लोकतन्त्र चाहन्न भन्नु हो त्यसैले अहिलेका कम्युनिष्ट भन्नेहरु केवल ब्राण्डमात्र भिरेका समुह हुन । खास जान्नै पर्ने कुरा बास्तवमा माक्सबादलाई ४ आखाले हेरेको देखिन्छ । पहिलो माक्र्स र एग्गेल्सको बिचारधाराबाट हेरिने माक्र्सबाद । दोश्रो लेनिन, माओ र अन्य बिश्व कम्युनिष्ट नेताले ठानेको माक्र्सबाद । तेश्रो अहिलेको बिश्व ब्यवस्था अर्थात पूजिबादले देखेको माक्र्सबाद र चौथो नेपालका कम्युनिष्ट पार्टी र नेताले ठानेको माक्र्सबादहरु बिच धेरै अन्तर छ ।
४ नेपालमा भएका जनसंख्याहरु पनि राज्यको बिभिन्न सुबिधाको पहुचबाट टाढा नजिक भएर वा गरिवी, अशिक्षा, धर्म, जातीबाद, असमानता, अल्पसंख्यक, जनजाती वा साम्प्रदायिकता जस्ता बिबिध कुराले बाढिएका छन । फेरी नेपालको जनसंख्याको ६३ प्रतिसत जनसंख्या शहर केन्द्रित भएको छ भने गाउ रित्तिदो छ । नेपालको कुल आयात १९ खरब छ भने निर्यात २ खरव छ जस्ले ब्यापारघाटा १७ खरव छ । कम्युनिष्ट सरकार वा नेताको सोच अनुसार नै सोसियल सेक्युरिटी अन्तरगत बृद्ध भत्ता र कांग्रेसको अवधारणा अनुसार स्वास्थ्य बिमा जस्ता कार्यक्रम ल्याइएका छन तर यसमा कुनै बैज्ञानिकता र अनुसन्धान छैन । केवल चुनावी नारा र जनताको भोट फकाउने हतियार बनाएका छन । अव यहाका नेता, दल र यिनको सिद्धान्त कसरी समाजबाद उन्मुख भयो ? बास्तवमा यि सवै नेता माक्र्सबादको खोल ओढेका वा प्रजातान्त्रिक समाजबादको खोल ओढ्का सामन्त नै हुन भन्दछन चैतन्य मिश्र । नेपालमा प्रजातान्त्रिक समाजबाद वा जनताको बहुदलिय जनबाद भनौ वा २१ औ सताब्दीको जनताको समाजबाद भनौ यि सवै केवल ब्राण्ड मात्रका समान हुन नक्कली माल मात्र हुन ।
५ नेपालमा स्व पुष्पलाल श्रेष्ठले बिसं २००६ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरेका थिए । सोही पार्टी र त्यसले जन्माएका अन्य नेता कार्यकर्ताका अरु सयौ पार्टी समूह कम्युनिष्ट ब्राण्डमा अहिले पनि आआफ्नो राजनैतिक स्वार्थ देखाइरहेका छन । खासगरी २०४६ को बहुदलिय ब्यवस्था अगाडी भूमिगत रहेका केही कम्युनिष्ट पार्टी समूहहरु खुल्लापन पछाडी ससक्त दलको रुपमा स्थापित हुन लागेका थिए । नेपाल कम्युनिष्ट पार्टी एमाले त जनताको बहुदलिय जनबाद नामको बहुदल स्विकार गर्ने अवधारणा अगाडी सारेर पहिले बिपक्षी दल र पछी सत्ता सम्हाल्न समेत पुगेको थियो । २०५२ पछी माओबादीले कम्युनिष्ट शासन प्रणाली ल्याउनकै लागि १० वर्ष शसस्त्र संघर्ष गर्यो । २०६२ को आम्दोलन पछी माओबादी पनि संसदिय परम्परा मानेर नै देशमा राजनीति गर्ने बाटो लियो । यसरी नेपालका अहिले अधिकांस कम्युनिष्ट पार्टी र नेता बहुदलिय राजनीति अर्थात पूजिबादीको संसदिय ब्यावस्थामा समाहित भएका छन । एक दलिय र एक तन्त्रिय कम्युनिष्ट शासन प्रणालिको अवधारण बोक्ने कम्युनिष्ट नाम भएका नेपालका सवै दलहरु बहुदल, चुनाव र भोट जस्तो पूजिबादीको ब्यवस्था प्रजातान्त्रिक प्रणालीमा रुपान्तरित भएका छन । अझ उनीहरुको ब्यक्तिगत चरित्र र ब्यावहार त कुनै साभ्रान्त बुर्जुवा वर्ग भन्दा कम छैन । नेपालमा माक्र्सबादी र पूजिबादीहरुको बिच फरक कुनै कुराले देखिदैन ।
६ नेपालमा कम्युनिष्ट भन्नेहरुको वा लोकतान्त्रिक समाजबाद भन्नेहरुको पटक पटक सरकार बनेको छ । नेपाली यूवा जनशक्तिलाई पूजिबादी राष्ट्रमा रोजगारीको लागि पठाएर कसरी समाजबाद आउछ ? पूजीबादी राष्ट्र खाडी मुलुकहरु, मलेसिया, जापान, कोरिया, यूरोप, अमेरिका, अष्ट्रेलियामा नेपाली युवा गएर पठाएको रेमिटान्सले देश चलेको छ धानिएको छ । हाम्रा युवाको श्रम शोषण भएको छ तर पनि समग्र युवालाई रोजगारी दिएर ति पूजिबादी राष्ट्रले सहयोग गरेका छन भन्नु पर्ने अवस्था छ ।
नेपालको युवा जनशक्तिको आधा प्रतिसत अर्थात झण्डै ५० लाख युवा बिदेशिएका छन । किनकी नेपालमा वर्षेनी साडे ४ लाख युवा जनशक्ती रोजगारीको लागि तयार हुन्छ भने हामीले झण्डै ५० हजारलाई मात्र रोजगारी दिन सकेका छौ । जस्ले यही काम पाउदैन राम्रो अवसर पाउदैन उनीहरु बिदेश गएका छन । बिदेश गएर दुखले काम गरेका छन घर परिवार छाडेर एक्लै बसेका छन । यस्ता नेपालीलाई नेपालमा नै उचित रोजगार दिन कुन ब्यावस्था र बादले वा शासन प्रणालीको अर्थतन्त्रले सक्ला त्यो आम नेपाली र समाजशास्त्रीको चासोको बिषय हो । धन्यबाद ।

oda
Leave A Reply

Your email address will not be published.