newa srijana

पोखरामा गुरुङ कथानक चलचित्र सौंर्बे म्रु (मनको राजा) प्रिमियर शो

६ र ७ गते श्रीकृष्ण हलमा प्रदर्शन

पोखरा । ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा निर्मित गुरुङ कथानक चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ को पोखरामा भिआइपी (प्रिमियर शो) प्रदर्शन गरिएको छ ।

सोम गुरुङको निर्देशनमा तयार भएको चलचित्र सौंर्बे म्रु ‘मनको राजा’ पोखराको मिडटाउन फिल्म हलमा भिआइपी (प्रिमियर) शो गरिएको हो ।

प्रिमियर शोमा बोल्दै कास्कीको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु बहादुर केसीले चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप मद्धत पुग्ने विश्वास रहेको बताए ।

‘घान्द्रुकको आसपास क्षेत्रमा निर्माण गरिएको चलचित्र मनको राजा सबैको राजा बन्छ भन्ने विश्वास लिएको छु, यस चलचित्र प्रदर्शनपछि घान्द्रुकको पर्यटन प्रवद्र्धनमा थप सहयोग पुग्ने अपेक्षा समेत लिएको छु’, अध्यक्ष केसीले भने ।

चलचित्रका निर्माता एवम् नायक लामा अमृत गुरुङले चलचित्रको माध्यमबाट घान्द्रुकको पर्यटन प्रवद्र्धन गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री तयार गरिरहेको बताए ।

सिटीजन फनिच्रर

‘घान्द्रुकको पवित्र मन्दिर सबैले पुज्दै आएको ब्रेज मेश्रम बराह, उक्त नामा विभिन्न व्यक्तिहरु मिलेर हामीले फिल्म प्रोडक्सन हाउस स्थापना गरेका छौं’, चलचित्र निर्माता गुरुङले भने, ‘घान्द्रुक आफैमा पर्यटकीय क्षेत्र हो, हामीले चलचित्रको माध्यमबाट यसलाई अझै विकास गर्न ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको ब्यानरमा चलचित्र, म्युजिक भिडियो, डकुमेट्री निर्माण गरिरहेको छौं ।’

आइतबार भिआइपी (प्रिमियर) शो गरिएको सैंर्बे म्रु (मनको राजा) चलचित्र चैत ६ र ७ गते श्री कृष्ण चलचित्र हलमा प्रदर्शन हुने चलचित्रका निर्माता तथा नायक गुरुङले जानकारी दिए । प्रिमियर शोको अवसरमा चलचित्र निर्माणमा सहयोग पु¥याउने व्यक्तित्वहरुलाई सम्मान समेत गरिएको थियो ।

चलचित्रमा निर्माता तथा नायक अमृत गुरुङ, लक्ष्मी गुरुङ, सुरज तमु र प्रिति गुरुङ ले प्रमुख भूमिका निर्वाह गरेका छन् । त्यसैगरी कुल बहादुर गुरुङ, मञ्जु गुरुङ, निशु गुरुङ, रविता गुरुङ, बिनु गुरुङ, स्नेहा गुरुङ, लालशोभा गुरुङ,मिना गुरुङ, मौसम गुरुङ र ओम गुरुङले अभिनय गरेका छन् ।

प्राविधिक पक्षतर्फ निकोलस गुरुङले छायांकन र सम्पादनको जिम्मेवारी सम्हालेका छन् भने उनलाई सह–छायाकारका रुपमा करण भण्डारीले साथ दिएका छन् । कलाकारको मेकअप भीमसेन गुरुङ (आशिष)ले गरेका हुन् । संगीत र गायनको धन बहादुर गुरुङ (लमजुङ) र सन्तोष बस्यालले शब्द, संगीत र स्वर दिएका छन् भने अमेरिकामा रहेकी ज्योति गुरुङले पनि स्वर भरेकी छन् ।

चलचित्रको अडियो पक्षलाई बुद्धराज बज्राचार्यले बार डिजिटल स्टुडियोमा मिक्सिङ गरेका हुन् भने रेकर्डिङ बज्रपादी कला स्टुडियोमा गरिएको हो । नृत्य निर्देशन साजन गुरुङ र सह–नृत्य निर्देशन रोहित गुरुङले गरेका छन् । लाइनअप स्टुडियोमा पोष्ट प्रोडक्सन गरिएको यो चलचित्रको उत्पादन व्यवस्थापन विकास क्रोम्छेले गरेका हुन् ।

अनिल multipurpose