सुचना१
newa srijana

रेडक्रस उपशाखा–१० को ३२औं साधारणसभा सम्पन्न

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–१० उपशाखाको ३२ आंै साधारणसभा एक कार्यक्रमका साथ आफ्नै भबनको सभाहलमा सम्पन्न भएको छ ।

प्रम्ख अतिथि पोखरा महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष राजेश गुरुङ्ग (राजु सर) मा हेनरी ड्यूनाको तस्वीरमा मल्यार्पन र पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्नुहुँदै कास्की जिल्लाकै सकृयभै मानबिय सेवामा लागि मानबमा आईपर्ने हरेक समस्यामा सेवा प्रदान गर्दै आइरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा वडा कार्यालय वडा नं १० सँग समन्वय गरी जहा समस्या जहा बिपत त्यहा रेडक्रस भन्ने उद्देश्यका साथ आफ्नै भबन भाद्र २३, २४ को आन्दोलन केही क्षति परेको अबस्थामा पुनःमर्मत सम्भार गरी कार्य संचालन गर्न सफल रहेकोमा हार्दिक बधाई दिनुहँुदै रेडक्रसको हरेक कार्यमा वडाको साथ रहने बचन दिनुहुदै साधारण सभाको सफलताको शुभ कामना दिनुभयो ।

७ जना आजिबन सदस्यहरूलाई प्रमाण पत्र बितरण गरिएको उक्त साधारणसभा कार्यक्रममा सचिवको प्रतिबेदन सचिव बिन प्रसाद गुरुङ्ग र कोषाध्यक्ष को प्रतिबेदन कोषाध्यक्ष नरहरी पनेरूले प्रस्तुत गर्नुभएको थियो ।

सिटीजन फनिच्रर

कार्यक्रममा २०८२ भाद्र २३ र २४ को आन्दोलनबाट उप शाखाको भबन मा समेत क्षती भएकोमा मर्मत गर्न अमेरिकाका सहयोगी साथीहरू रितेष श्रेष्ठ, बिकाश मल्ल, सुमन गुरुङ, सपना योञ्जन, सन्दिग्ध गौचन, सुजन गुरुङ,रितु गुरुङ, दिपसागर गिरी, कृपा श्रेष्ठ, सुवास खड्का, कमल थापा, जिवन गुरुङ, किरण पाण्डे, प्रशान्त कार्की, गौमाया गुरुङ (साइराम ) र अभानी ढेवाजू समेत अमेरिका निवासी बाट ९१ हजार, टोल बिकास सस्था वडा समन्वय समिती वडा नं १० बाट रू ३५ हजार ५ सय ५५, चेतनशिल आमा समुह रू २० हजार ५०, ज्यलन प्यलन कृष्ण गुरुङ, पदम गुरुङ, कमल गुरुङ, देव गुरुङ बाट रु २० हजर, कामना टोल महिला समिती रू १० हजार ५, राम बजार जेष्ठ नागरिक मिलन केन्द्र रामबजार रू १० हजार, दौँतरी ग्रुप रामबजार १० बाट रू ५ हजार ५ सय ५५, कृष्ण मन्दिर आमा समुह रू ५ हजार ५५, राम बजार सोसाइटी युके का सस्थापक अध्यक्ष राम गुरुङ रू ५ हजार र बरिष्ठ सल्लाहाकार महेश गुरुङ रू ५ हजार, युके निवासी रितु श्रेष्ठ रू ५ हजार, यु के निवासी जीना श्रेष्ठ रू ५ हजार यम कुमार पुन रू ५ हजार, क्या.अनिल कुमार श्रेष्ठ रू ५ हजार, राम मन्दिर माछापुच्छ्रे महिला समुह रू ५ हजार, राम.बजार नेवाः मिसा पुचः रू ५ हजार, दिपक बहादुर थापा रू ५ हजार, र शान्ति सुबेदी रू ३ हजार सहयोग प्राप्त भए को कोषाध्यक्ष नरहरि पनेरूले जानकारी दिनुभयो ।

कार्यक्रममा निवर्तमान सभापति सम्मर बहादुर श्रेष्ठले उपशाखाको स्थापनादेखि हालसम्मका गतिविधिका बारेमा प्रष्ट पार्नुहुँदै आउदा दिनमा अझ सशक्त भएर अघि बढ्नुपर्ने बताउनुभयो । उक्त अवसरमा वडा नं १० का वडा सदस्य परमेश्‍वर बहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी कास्की स शाखाका कोषाध्यक्ष एवं उपशाखा १० का समन्वयकर्ता सन्तोष अधिकारी, राम बजार सोसाइटी युकेका बरिष्ठ सल्लाहाकार महेस गुरुङ, पोखरा महानगर स्वास्थ्य महाशाखाका सि. अ. हे.बरिष्ठ अधिकृत अर्जुन बहादुर खत्री क्षेत्री लगायतका बक्ताहरूले आ आफ्नो बिचार ब्यक्त गर्नुहुदै रेडक्रस जस्तो मानबिय सेवामा लागीपर्ने सस्थालाई सधै सहयोग गर्ने बताउनु भयो ।

नेपाल रेडक्रस सोसाइटी पोखरा १० का सभापति जिबन श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा रेडक्रसका सात सिद्धान्त समितिका सदस्य निर्मला श्रेष्ठले बाचन गर्नु भएको थियो । उक्त अवसरमा उपशाखा १० का उपसभापति पबित्रा देबी गुरुङले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सस्थाका सचिब बिन प्रसाद गुरुङले संचालन गर्नु भएको थियो ।

Tiger cup
वडा नं २६