newa srijana

चर्च ब्वाइजलाई हराउँदै जवलाखेल पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश

क्वार्टरफाइनलमा ३–० को जितसँगै जवलाखेल युथ क्लबले सेमिफाइनल यात्रा पक्का गर्यो

पोखरा । चर्च ब्वाइज युनाईटेडलाई हराउदै जवलाखेल युथ क्लब २५ औँ संस्करणको आहा ! रारा पोखरा गोल्ड कप प्रतियोगिताको सेमिफाइनलमा प्रबेश गरेको छ ।

सहारा क्लब पोखराको आयोजनामा पोखरा रंगशालामा आज भएको क्वार्टरफाइनल खेलमा जवलाखेलले चर्च ब्वाइजलाई ३–० गोलले हराउदै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

सिटीजन फनिच्रर

पहिलो हाफ गोलरहित सकिएपछि दोस्रो हाफको ४८ औँ मिनेटमा जवलाखेलका धर्मेन्द्र कुँबरले गोल गरेर टिमलाई आग्रता दिलाएका थिए । चर्च ब्वाइजका गोलकिपर दिप कार्कीको हातबाट फुत्किएको बललाई कुँबरले गोलमा परिणत गरेका थिए ।

त्यसपछि खेलको ८७ औँ मिनेटमा निकोलस हेमाल्टोनले र ९० औँ मिनेटमा सुजन गुरुङले गोल गर्दै जवलाखेलको जित सुनिश्चित गरेका थिए । अब प्रतियोगितामा भोली सोमबार मनाङ मस्याङदी क्लब र थण्डरबोल्ड नर्थ युनाईटेड सिक्किम बिच खेल हुने छ ।

तिन विदेशी सहित १२ टोलीको सहभागिता रहेको प्रतियोगिताको विजेताले नगद १४ लाख रुपैयाँ र उपविजेताले नगद ७ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

आहा रारा
वडा नं २६