newa srijana

फोटो पत्रकार अक्षयकोषमा फोटो पत्रकार मिलन तमुको २० हजार सहयोग

पोखरा । नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा यूकेबाट सञ्चालित गोर्खा मिडियाका प्रवन्ध निर्देशक फोटो पत्रकार मिलन तमुले आर्थिक सहयोग गरेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका ५ रिभान जन्मथलो भई यूकेलाई कर्मथलो बनाएका तमुले अक्षयकोषका लागि नगद २० हजार रुपैयाँ सहयोग गरेका हुन् । सहारा क्लब पोखराले सञ्चालन गरेको आहा रारा पोखरा गोल्डकपमा सहभागी भएको समयमा तमुले नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

तमु धिं यूके र सहारा यूकेको मिडिया तथा फोटो संयोजक समेत रहेका फोटो पत्रकार तमु आहा रारा पोखरा गोल्डकपका लागि नेपाल आएका हुन् । नेपाल आएको समयमा उनले विभिन्न ठाउँमा सामाजिक सेवा पनि गरिरहेका छन् ।

सिटीजन फनिच्रर

सहारा क्लबले २५ औँ आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको अवसरमा शनिबार उनलाई रजत जयन्ती सम्मान गरेको थियो । प्रतियोगिताको विकास र प्रवद्र्धनमा फोटो पत्रकारिताको माध्यमबाट विशेष योगदान पु¥याएको भन्दै क्लबले फोटो पत्रकार तमुलाई सम्मान गरेको हो । उनलाई माला, दोसल्ला र सम्मान पत्रसहित सम्मानित गरियो ।

रकम ग्रहण पछि एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङले अक्षयकोष दातालाई धन्यवाद दिदैं यस्तै सहयोगले कोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताए । उक्त रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने उनको भनाइ थियो ।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

आहा रारा
वडा नं २६