newa srijana

सुकुम्बासी समस्या समाधान गर्न प्रतिबद्ध छु : बैनबहादुर

पोखरा । नेकपा एमालेबाट कास्की–१ मा प्रतिनिधिसभा सदस्य उम्मेद्वार रहेका बैनबहादुर अधिकारी क्षेत्रीले अव्यवस्थित र सुकुम्बासीसम्बन्धी समस्या सधैंका लागि समाधान गर्न आफूले संसद्मा पुगेर पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

पोखरा–३२ मा बुधबार आयोजित घरदैलोमा उनले वर्षौंदेखि भोगचलन गरेको जमिन आफ्नो नाममा हुन नसक्नु दुःखद भएको बताए । ‘अझै पनि सेतो लालपुर्जा हुने, कतिको स्रेस्ता नबनेको अवस्था छ,’ उनले भने, ‘यसलाई समाधान गर्न संसद्मा स्पष्ट कानुन बनाएर यो सदाका लागि हल गर्नुपर्छ भन्ने कुरा ग्राउण्डमा काम गरेको, यस्ता वस्तीमा जाँदा मलाई जानकारी छ ।’

सिटीजन फनिच्रर

आफू विजयी भएपछि निर्वाचनमा गरेका प्रतिबद्धता क्रमशः पूरा गर्दै जाने उनले सुनाए । गगनगौंडा हुँदै मालमूल आउँदा खुदीखोलामा पुल बनाउन आवश्यक रहेको उनको भनाइ थियो । पक्की र व्यवस्थित पुल बनाउन घोषणापत्रमा योजना समावेश गरिएको अधिकारीले सुनाए । आफूले निर्वाचन जित्ने र ढुक्क भएर सूर्य चिन्हमा मतदान गर्न उनले मतदातालाई आग्रह गरे ।

अधिकारीसहित एमालेको टोली बिहीबार पोखरा–३१ मा घरदैलोमा जाने तालिका छ।

अनिल multipurpose
आहा रारा
वडा नं २६