पोखरा । प्रतिनिधिसभा निर्वाचन कास्की क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार विना गुरुङले ठूलो अन्तरले जित हात पारेकी छन् ।

मतगणना पूरा हुँदा गुरुङको पक्षमा ३७ हजार ७ सय ५० मत खसेको छ । दोस्रो स्थानमा रहेका नेपाली काँग्रेसका मनोज गुरुङसँग उनको मतान्तर करिब २५ हजार पुगेको छ । मनोजले १२ हजार ७ सय ८० मत पाएका छन् ।
पूर्वसांसद तथा एमाले उम्मेदवार दामोदर बैरागी ७ हजार ९ सय ६ मत पाउँदै तेस्रो भए । राप्रपाका अर्जुन खनाल र नेकपाका गोपाल गिरी क्रमशः १ हजार ५ सय २५ र १ हजार ४ सय ५६ मतसहित पछाडि परेका छन् ।




