newa srijana

समानुपातिकमा रास्वपा अझै अग्रस्थानमा, ४९ लाख मत

एक करोड दुई लाख मत गणना हुँदा कांग्रेस दोस्रो, एमाले तेस्रो

पोखरा । एक करोड दुई लाख पाँच हजार ६२५ मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक निर्वाचन प्रणालीतर्फ पनि पहिलो स्थानमा कायम छ ।

निर्वाचन आयोगले बिहान ५:३० बजे सार्वजनिक गरेको विवरणअनुसार रास्वपाले ४९ लाख २४ हजार ७४३ मत पाएको छ । कुल मतगणनाको आधाभन्दा बढी मत एक्लै रास्वपाले लिएको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेस छ, जसले १६ लाख ६६ हजार ७९६ मत पाएको छ । त्यसपछि नेकपा (एमाले) १३ लाख ८५ हजार १४९ मत लिएर तेस्रो छ ।

नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४८ हजार २५९, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेका छन् ।

सिटीजन फनिच्रर

समानुपातिकतर्फ १ करोड २ लाख मत गणना हुँदा दलहरुले पाएको मत विवरण:

जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार २६६, राष्ट्रिय परिवर्तन पार्टीले एक लाख ६३ हजार ३९३ र जनमत पार्टीले ७५ हजार ९८ मत पाएका छन् ।

हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति र राप्रपाले थ्रेसहोल्ड पार गरिसकेका छन् । समानुपातिकतर्फको मतगणना भने अझै जारी छ ।

प्रत्यक्षतर्फ १६५ वटै निर्वाचन क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रत्यक्षमा रास्वपाले १२५ सिट जितेर एकल बहुमत हासिल गरिसकेको छ । कांग्रेस १८, एमाले ९, नेकपा ८, श्रम संस्कृति ३ र राप्रपाले १ सिट जितेका छन् ।

अनिल multipurpose