newa srijana

रूपा वाङ्मय प्रतिष्ठानको साधारण सभा तथा प्रथम स्थापना दिवस सम्पन्न

पाेखरा । रूपा वाङ्मय प्रतिष्ठान, रूपा गाउँपालिका–कास्कीले आफ्नो वार्षिक साधारण सभा तथा प्रथम स्थापना दिवस भव्य रूपमा सम्पन्न गरेको छ । रूपा गाउँपालिका वडा नं. ५, देउरालीमा चैत ७ गते शनिवार आयोजित उक्त कार्यक्रममा संस्थाका सचिव मदन घिमिरेले वार्षिक प्रतिवेदन तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले कला, साहित्य र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले यस्ता संस्थाहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै गाउँपालिकाको साथ निरन्तर रहने विश्वास दिलाउनुभयो ।

सिटीजन फनिच्रर

त्यसैगरी, संस्थाका अध्यक्ष आदर्श पोखरेलले प्रतिष्ठान स्थापना भएयता छोटो अवधिमै विभिन्न सिर्जनात्मक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न सफल भएको बताउनुभयो । उहाँले आगामी दिनमा भाषा, साहित्य, कला र संस्कृतिको जगेर्ना गर्दै नयाँ पुस्तालाई समेत यसतर्फ आकर्षित गर्ने लक्ष्य लिएको उल्लेख गर्नुभयो ।

संस्थाका अध्यक्ष आदर्श पोखरेलको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य सहसचिव सुजन गौतमले व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव मदन घिमिरेले गर्नुभएको थियो । साथै, कार्यक्रममा सामाजिक व्यक्तित्व नमराज बरालले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रम विश्व शान्ति माविको सवालमा सम्पन्न भएको थियो।

अनिल multipurpose