पोखरा । पोखराका पर्यटन व्यवसायी तथा बिज्ञ लायन टीकाराम सापकोटाले लायन्स इन्टरनेशनल डिस्ट्रीक्ट ३२५ K को आगामी लायन वर्ष २०२६-२७ को द्वितीय भाइस डिस्ट्रीक्ट गभर्नर पदमा मनोनयन दर्ता गरेका छन्।
मंगलबार पोखराको महेन्द्रपुलस्थित पोखरा पार्टी प्यालेसमा आयोजित कार्यक्रममा उनले मनोनयन कमिटीका अध्यक्ष लायन टोप बहादुर थापालाई मनोनयनपत्र हस्तान्तरण गरे।
पोखरा–६ लेकसाइड निवासी सापकोटा एमबिए अध्ययन गरेका पर्यटन व्यवसायी तथा दर्तावाल लेखापरीक्षक हुन्। सन् १९९६ देखि लियो सदस्यका रूपमा लायन आन्दोलनमा प्रवेश गरेका उनले तीन दशकको अवधिमा क्लब अध्यक्षदेखि डिस्ट्रीक्ट चिफ एडभाइजरसम्म विभिन्न जिम्मेवारी सम्हाल्दै आएका छन्।


यस लायन वर्षमा उनी डिस्ट्रीक्टका चिफ एडभाइजर छन्। फुजियामा ट्रेक्स एण्ड एक्सपिडिसन, नेपाल भ्याकेशन र कास्कीकोट इको भिलेजका प्रबन्ध निर्देशक समेत रहेका सापकोटा नेपाल पर्यटन बोर्ड (NTB) का पूर्व कार्यकारी सदस्य, पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष र ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (TAAN) गण्डकीका पूर्व अध्यक्ष हुन्।
उनले ९ वटा नयाँ लायन्स क्लब स्थापनामा नेतृत्वदायी भूमिका खेल्दै अन्तर्राष्ट्रिय अध्यक्षीय पदकसहित थुप्रै सम्मान हासिल गरेका छन्।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा डिस्ट्रीक्ट गभर्नर लायन दुर्गाप्रसाद हुमागाईँसहित एमडी कोअर्डिनेटर लायन दीपक श्रेष्ठ, एमडी कमिटी चेयरपर्सन लायन राजेन्द्र कुमार बाटाजु, आइपिडिजी लायन निरा बज्राचार्य लगायत डिस्ट्रीक्टका वरिष्ठ लायन नेतृत्व उपस्थित थिए। गण्डकी, धौलागिरी र बागमती क्षेत्रका लायन्स तथा लियो सदस्यहरूको उत्साहपूर्ण उपस्थिति रह्यो।




