newa srijana

बाल अधिकारमैत्री सञ्चार निर्देशिका कार्यान्वयन गर्ने पोखरेली पत्रकारहरुकाे प्रतिबद्धता 

पोखरा । पोखरामा आयोजित प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रमबाट बाल अधिकारमैत्री सञ्चार अभ्यासलाई प्रभावकारी बनाउने ८ बुँदे प्रतिबद्धता जारी गरिएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद् र गण्डकी प्रदेशका सञ्चारकर्मीहरूबीच सम्पन्न “बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा प्रदेशस्तरीय अन्तक्रिया कार्यक्रम” को निष्कर्षका रूपमा “बालमैत्री सञ्चार अभ्यास सम्बन्धी पोखरा घोषणापत्र, २०८२” सार्वजनिक गरिएको हो ।

घोषणापत्रमार्फत सञ्चारमाध्यम र पत्रकारहरूले बालअधिकारको संरक्षण, प्रवर्द्धन तथा सम्मानमा केन्द्रित भई समाचार सामग्री उत्पादन र प्रसारण गर्ने प्रतिबद्धता जनाएका छन् । साथै, बालबालिकासँग सम्बन्धित विषयवस्तु प्रस्तुत गर्दा उनीहरूको गोपनीयता, संवेदनशीलता र सर्वोत्तम हितलाई प्राथमिकता दिने उल्लेख गरिएको छ ।

कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले बालमैत्री सञ्चार निर्देशिकालाई व्यवहारमा उतार्दै जिम्मेवार पत्रकारितामार्फत बालबालिकाको अधिकार सुनिश्चित गर्न सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सिटीजन फनिच्रर

उक्त घोषणापत्रले सञ्चार क्षेत्रमा बालमैत्री दृष्टिकोणलाई संस्थागत गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

घोषणापत्र  :

अनिल multipurpose