newa srijana

सामाजिक सञ्जालमार्फत नेपाल प्रवर्द्धन गर्दै विदेशी क्रिएटर

सात देशका ८ क्रिएटरले पोखरा, चितवन र बर्दियाका गन्तव्यबारे भिडियो बनाउनेछन्

पोखरा । नेपालको पर्यटन प्रवर्द्धन गर्न सात देशका ८ ट्राभल कन्टेन्ट क्रिएटर नेपाल आएका छन् । नेपाल पर्यटन बोर्ड र टिकटकको सहकार्यमा आएका उनीहरू पोखरा, चितवन र बर्दिया घुमेर भिडियो बनाउनेछन् ।

फ्रान्स, पोर्चुगल, ट्युनिसिया, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, बंगलादेश र श्रीलंकाका ती क्रिएटरले गन्तव्यका आकर्षण, स्थानीय जीवनशैली, संस्कृति, प्रकृति र पर्यटन गतिविधिबारे सामग्री तयार पार्ने र  तयार भिडियो टिकटकसहित सामाजिक सञ्जालमा राखिने बोर्डका सदस्य सन्तोष पोखरेलले बताए ।

बोर्ड र टिकटकबीच सन् २०२५ अगस्ट १९ मा समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सोही सहकार्यअन्तर्गत सुरु गरिएको ‘लाइफटाइम एक्सपिरियन्स’ अभियानले हिमाली सौन्दर्य, सांस्कृतिक सम्पदा, साहसिक पर्यटन र स्थानीय जीवनशैलीलाई टिकटकका छोटा भिडियोमार्फत विश्वसामु पुर्‍याउने लक्ष्य राखेको छ।

सिटीजन फनिच्रर ..

यसले नेपाललाई अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न सघाउने अपेक्षा रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए ।

पोखरामा बंगलादेशका अनिवार्न कासेर, श्रीलंकाका कसुन सम्पथ देगोडा मागागे, ट्युनिसियाका बाल्किस कसौरी र मोहम्मद जेमिल बेरी तथा संयुक्त अरब इमिरेट्सका मोहम्मद नाबिलले सामग्री बनाउनेछन् ।

चितवनमा फ्रान्सका जेरेमी ब्युदेटले वन्यजन्तु, निकुञ्ज, थारू संस्कृति र प्रकृतिमा आधारित पर्यटन अनुभव समेट्नेछन् । बर्दियामा पोर्चुगलका ड्यानियल रोक्स पिन्टो र दक्षिण कोरियाका वङ्यु लिले प्राकृतिक वातावरण, वन्यजन्तु र समुदायमा आधारित पर्यटनका सम्भावना देखाउनेछन् ।

Byd