पोखरा । नेपाल पत्रकार महासंघ कास्की शाखाले स्थापना दिवसको अवसर पारेर विभिन्न पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ । चैत १६ गते महासंघको ७१ औं स्थापना दिवसको अवसर पारेर कास्की शाखामा स्थापित पोखरा पत्रकारिता सम्मान र स्व जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार प्रदान गर्न लागेको हो ।
शाखाले बर्सेनि पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने पत्रकार र संस्था गरी आलापालो रुपमा पोखरा पत्रकारिता सम्मान प्रदान गर्दै आएकोमा सम्मान छनौट समितिको सिफारिसमा वर्ष २०८१ बाट बरिष्ठ पत्रकार राजबहादुर गुरुङ र २०८२ बाट सहारा क्लबलाई सम्मान गर्ने भएको हो ।

विगत तीन दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल गरुङ हाल यूनाइटेड खबर अनलाइनमा आवद्ध छन् । सम्मान राशि नगद रु।५० हजार ५ सय ५५ , दोषल्ला र सम्मानपत्र रहेको छ । सम्मान छनौट समितिमा अग्रज पत्रकार कुसुमकेशव पराजुली, पुण्य पौडेल र गंगाधर पराजुली रहेका छन् ।
यस्तै स्व।जगन्नाथ सिग्देल स्मृति पत्रकारिता पुरस्कार २०८१ बाट पत्रकार फणिन्द्र अधिकारी ९अकिञ्चन० र २०८२ बाट एकराज गिरीलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेल सहित पत्रकार रुद्र श्रीस मगर र भिम थापाको पुरस्कार छनौट समितिको सिफारिसमा उक्त पुरस्कार अधिकारी र गिरीलाई दिने निर्णय गरिएको हो ।
पुरस्कारको राशि २५ हजार ५ सय ५५ रुपैया र सम्मान पत्र रहेको छ । विगत २ दशक देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल अधिकारी हाल गोरखा पत्र दैनिक र गिरी सफल न्यूजमा आवद्ध छन् ।




