newa srijana

स्याङ्जाको स्वरेक कोटमा १२६ किलोको घण्टी र त्रिशूल स्तम्भ स्थापना

पोखरा । स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।

स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समितिको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशकी पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य सरस्वती अर्याल तिवारी ले ठूलो घण्टी र त्रिशूल स्तम्भको अनावरण गरिन्। सानो घण्टी ३० केजी को भने ज्येष्ठ नागरिकमार्फत अनावरण गरिएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै सांसद तिवारीले स्वरेक कोट आफ्नो माइती गाउँसँग जोडिएको स्थान भएको उल्लेख गर्दै यसको समग्र विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाइन्। प्रदेशको सीमित बजेटका हुने भन्दै केन्द्र सरकारसँग पहल गर्न तयार रहेको पनि बताइन्।

Mountain run pokhara click

भीरकोट नगरपालिकाका निवर्तमान मेयर छायराम खनाल ले स्थानीयवासीको सक्रियतामा उल्लेखनीय आर्थिक संकलन भई भौतिक संरचना निर्माण सम्भव भएको बताए। उनले स्वरेक कोटमा नियमित पूजा सञ्चालनको आवश्यकता औंल्याउँदै त्यसका लागि सवै लाग्नुपर्ने धारणा राखे।

सिटीजन फनिच्रर

भीरकोट वडा नं. ५ का अध्यक्ष कृष्ण बहादुर थापा ले आगामी बजेटमार्फत क्षेत्रको विकासमा सहयोग गर्ने जनाउँदै स्वरेकलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न सकिने बताए।

कार्यक्रममा निवर्तमान वडा अध्यक्ष याम प्रसाद अधिकारी, समाजसेवी यामलाल शर्मा पंगेनी, इश्वर सेन ठकुरी लगायतले स्वरेक कोटको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कृष्ण सेनका अनुसार सामाजिक सञ्जालमार्फत सञ्चालन गरिएको अभियानबाट २३ लाख रुपैयाँभन्दा बढी रकम संकलन भएको थियो। सोही रकममध्ये करिब १३ लाख रुपैयाँको लागतमा दुई घण्टी ( १२६ किलो र ३० किलो) तथा त्रिशुत स्तम्भ , सहयोगीहरुको शिलालेखमा नाम सहित अन्य भौतिक संरचना निर्माण गरिएको हो।

अभियानमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै स्थानीय कमल सेनलाई विशेष सम्मान गरिएको छ भने आर्थिक सहयोग गर्ने २५६ जना दातालाई पनि सम्मानपत्र प्रदान गरिएको समितिका कोषाध्यक्ष कमला सेनले जानकारी दिइन्।

कार्यक्रममा पत्रकार घनश्याम पाण्डेले स्वरेक धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त सम्भावनायुक्त भए पनि पूर्वाधार विकासमा अझै पछि परेको टिप्पणी गरे। नेपालमै पहिलो प्याराग्लाइडिङ विश्वकप आयोजना भएको स्वरेक मैदानसम्म पुग्ने सडक कालोपत्र नहुनु र कोटसम्मको पहुँचमार्ग स्तरोन्नति नहुनु विकासका प्रमुख चुनौतीका रूपमा रहेको उनले उल्लेख गरे। स्थानीय समुदायको सक्रियतासँगै स्वरेक कोटलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको छ।

Rabin photo