newa srijana

मुस्ताङको टुकुचे र जापानको तोगा सिटीबीचको मितेरी सम्बन्ध २० वर्षपछि पुन:जाेडियाे

पोखरा। मुस्ताङको थासाङ गाउँपालिका–१ स्थित टुकुचे गाउँ र जापानको तोगा सिटीबीच विगतमा स्थापित मितेरी सम्बन्ध २० वर्षपछि पुनः सक्रिय गरिएको छ।

दुई स्थानबीच विस २०४७ मा सांस्कृतिक आदान–प्रदान र आपसी सहयोगको उद्देश्यले मितेरी सम्बन्ध गाँसिएको थियो। तर समयक्रममा नेतृत्व परिवर्तन, नियमित समन्वयको अभावले पछिल्लो दुई दशकयता सम्बन्ध निष्क्रिय बनेको थियो। स्थानीय तहकाे पुन:संरचनापछि तत्कालीन टुकुचे गाविस थासाङ गाउँपालिकामा परेकाे थियाे भने ताेगा समेत नाम्ताेमा गाभिएका कारणले समन्वय भएकाे थिएन। सुरूआतका केहि वर्ष भने सम्बन्ध राम्रो विकास भएकाे स्थानीयकाे भनाइ छ।

टुकुचे गाउँका स्थानीय जनप्रतिनिधि, पर्यटन व्यवसायी तथा जापानस्थित सरोकारवालाहरूको पहलमा पुनः सम्बन्ध सुदृढ गर्ने सहमति भएको हो।

पुनःस्थापित सम्बन्धमार्फत पर्यटन प्रवर्द्धन, सांस्कृतिक आदान–प्रदान, शिक्षा तथा स्थानीय विकासका क्षेत्रमा सहकार्य गर्ने योजना बनाइएको छ। स्थानीयवासीहरूले यसले टुकुचेको पर्यटन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।

टुकुचे गाउँ र जापानको नाम्ताे सिटीकाे ताेगाका बिचमा मितेरी सम्बन्धकाे साँस्कृतिक मिलन उत्सव आइतबार सुरू भएर आज सकिएकाे छ।

सिटीजन फनिच्रर

टुकुचेमा एक भव्य कार्यक्रमका बिच सूरू कार्यक्रम दुई दिनसम्म चलेकाे हाे। टुकुचे गाउँ सुधार समितिले कार्यक्रम समन्वय गरेकाे हाे।

कार्यक्रममा सहभागी हुनका लागि जापानको ताेयामाका प्रेप्रेक्चर सभामुख सिनिचि ताकेदा, नाम्ताे सिटीका मेयर मिकियाे तानाका सहितको १८ सदस्यीय टाेली टुुकुचे आएकाे छ। टुकुचे र ताेगाका बिचमा ३५ वर्षअघि मितेरी सम्बन्ध गाँसिएको थियाे। त्यसपछि डेढ दशकसम्म दुई पक्षाबिचमा सहयाेग आदानप्रदान लगायतका सहकार्य र भ्रमण भएपनि त्यसपछि लामाे समय सहकार्य हुन सकेको थिएन । लामाे प्रयासपछि पुनः सम्बन्ध स्थापित भएका उपलक्ष्यमा सांस्कृतिक उत्सव मनाईकाे स्थानिय समाजजेवी तथा टुकेचे ताेका कार्यसमितिका अध्यक्ष पवन तुलाचनले बताउनुभयो । ” धेरै मेहनतपछि सम्बन्ध नविकरण भएकाे छ।

बिचमा विभिन्न कारणले सम्पर्क टुटेकाे थियाे। अब दुई गाउँ बिचकाे प्रगाढ सम्बन्धले समग्र देशकाे समृद्धिमा सघाउ पुग्नेछ । ” तुलाचनले भन्नुभयाे।

मितेरी सम्बन्ध पछि टुकुचेका ७५ भन्दा बढि युवाले जापानमा गएर सीप सिक्ने माेैका पाएकाे वडाध्यक्ष सुरेश थकालीले बताउनुभयाे। यसका साथै टुकुचेकाे कृषि विकास र पूर्वाधार विकासमा समेत सहयोग पुगेकाे उहाँकाे भनाइ छ। राेकिएकाे सहकार्य पुन: अघि बढ्ने वडाध्यक्ष थकालीले बताउनु।

नाम्ताेका मेयर मिकियाे तानाकाले अवका दिनमा सम्बन्ध अझ विस्तार हुने र दुईपक्षका विच सहयोग आदानप्रदान गरिने बताउनु। कार्यक्रममा सहभागी हुन आएका पाहुनालाई बाजागाजा सहित भव्य स्वागत गरिएको थियाे। कार्यक्रममा मितेरी सम्बन्ध स्थापना गर्नुहुने समाजसेवी अर्जुन सिँह तुलाचन र नाम्ताेका मेयर मिकियाेलाइ सम्मान गरिएको थियाे। त्यसैगरी कार्यक्रम समाजसेवी पवन तुलाचन र वडाध्यक्षलाई समेत धाैलागिरि महिला बहुउद्देश्यीय सहकारी संस्थाबाट सम्मान सम्मान गरिएको हाे।

जापानी पाहुना टाेलीलाई मुस्ताङको सिमा घासामा गाउँपालिका अध्यक्ष प्रदीप गाैचन लगायतले स्वागत गर्नुभयाे। उत्सव अन्तरगत साँस्कृतिक कार्यक्रम,ताराेहान्ने खेलकुद,विद्यार्थीहरूकाे नृत्य प्रदर्शन तथा टुकुचेका विभिन्न गाउँहरूकाे भ्रमण गरिएको थियाे। नाम्ताेकाे टाेलीले टुकेचेका विभिन्न विद्यार्थीलय, गुम्वा तथा गाउँपालिका भवनकाे समेत अवलाेकन गरेकाे थियाे। टाेलीलाई गाउँपालिका कार्यालयले समेत स्वागत गरेकाे छ।

अनिल multipurpose