पोखरा । पोखराको अमरसिंह चोकमा रहेको प्रतिक्षा किचन सप्लायर्सको २५ औं वार्षिकोत्सव मनाएको छ । घरायसी सामाग्री, इलेक्ट्रिोनिक सामाग्री र फर्निचर सामाग्रीको बिक्री गर्दै आइरहेको प्रतिक्षा सप्लायर्सले वार्षिकोत्सवको अवसर पारि सप्लायर्समा विगत १६ वर्षदेखि कार्यरत कर्माचारी संगीता हिताङलाई विशेष सम्मान गरेको छ । हिताङ सहित कर्मचारीहरु रोहित गुरुङ, शिक्षा श्रेष्ठ, निर्मला गुरुङ, सुप्रिया हमाल, गीता थापा, शुष्मा गुरुङ, माया गुरुङ र लक्ष्मी सुवेदीलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी पसलमा आगलागी हुँदा उद्धार गरी सहयोग गर्ने पोखरा १० अमरसिंहचोक निवासी सावित्री थापालाई समेत सम्मान गरिएको थियो ।
सो अवसरमा वोल्दै प्रतिक्षा किचन सप्लार्यसका डाइरेक्टर राजु श्रेष्ठले विभिन्न अवरोहहरु पार गर्दै प्रतिक्षा किचन सप्लायर्सले २५ औं वसन्त सम्म आइपुगेको वताए । प्रतिस्पर्धात्मक बजारमा ब्यापार गर्नु आफैमा कठिन भएतापनि कर्मचारीहरुकै साथ र सहयोगकै कारण प्रतिक्षा किचन सप्लायर्स आजको दिन सम्म आइपुगेको बताए ।

पसल सञ्चालनको क्रममा आगलागी जस्तो घटनाले आफ्नो श्रीमती र छोराको उपचारमा संलग्न हुनुपर्दा पसल नै बन्द हुने अवस्था आएतापनि साथीभाइ र आफन्तको साथ र सहयोगकै कारण आफ्नो ब्यवशायसले २५ औं वर्षमा आइपुगेको समेत श्रेष्ठले बताए ।
सो अवसरमा वोल्दै युनाईटेड क्लबका अध्यक्ष लोक बहादुर थापाले विभिन्न आरोह अवरोह पार गर्दै प्रतिक्षा किचन सप्लायर्सले २५ औं वसन्तमा आइपुगेको आफुले नजिकबाट नियालेको बताए । आगलागीको वेला साथ र सहयोगका लागि आफ्नो तर्फबाट समेत सक्दो सहयोग गरेको स्मरण गर्दै आगलागीको कारक बनेको पेट्रोल पम्प संग क्षतीपूर्तीको माग गरेको भएतापनि सञ्चालकले नसकेको तितो स्मरण समेत गराए ।
सुटिङ संघ कास्कीका निवर्तमान अध्यक्ष श्यामकृष्ण श्रेष्ठले विभिन्न आरोह अवरोहका बीच प्रतिक्षा किचन सप्लायर्स २५ वसन्तमा आइपुगेकोमा आगामी दिनको सफलताको कामना गरे ।


माछापुच्छ«े टोल बिकास संस्थाका अध्यक्ष दुर्गा गुरुङले विभिन्न सामाजिक संघ संस्थामा आवद्ध रही आफ्नो ब्यवसायलाई समेत निरन्तरता दिन सकेकोमा सञ्चालक राजु श्रेष्ठलाई धन्यवाद दिए ।
माछापुच्छ«े महिला समुहका निवर्तमान अध्यक्ष जुनामाया बोहरा र सल्लाहकार कृष्ण कुमारी थापाले प्रतिक्षा किचन सप्लार्यसको प्रगतिको कामना गरे ।
सो अवसरमा वोल्दै सम्मानित ब्याक्ति संगीता हिताङले प्रतिक्षा किचन सप्लार्यसमा विगत १६ वर्षदेखि कर्मचारीको रुपमा रहेतापनि आफ्नै घरको पारिवारिक ब्यवसाय जस्तै गरी आफुले काम गर्दै आइरहेको र सञ्चालक समेत आफ्नो घरको परिवार जस्तै लाग्ने गरेको बताइन । निरन्तर सेवा प्रदान गरेको भन्दै सम्मान गरेकोमा हिताङले सञ्चालकलाई धन्यवाद ब्यक्त गरिन ।
सो अवसरमा वोल्दै सप्लायर्सका सञ्चालक सुशिला श्रेष्ठले आफुहरु सञ्चालक भएतापनि कर्मचारीहरुकै साथ र सहयोगका कारण २५ औं वर्षमा आइपुगेको बताइन । श्रेष्ठले पसल सञ्चालनको क्रममा आफुमाथी आगलागीको घटना भएको र घटना भएको बेलामा उद्धार गर्ने सावित्री थापालाई समेत सम्मान गर्न पाउदा निकै खुसी लगेको बताइन । आगलागीबाट पसल नै बन्द हुने अवस्थामा साथ र सहयोग गर्ने आफन्त, साथीभाइ र उपचारमा संलग्न डाक्टरहरु प्रति समेत श्रेष्ठले आभार प्रकट गरिन ।
पोखराको अमरसिंहमा इलेक्ट्रोनिक्स, फर्निचर र घरायसी सामाग्री बिक्री वितरण गर्दै आइरहेको प्रतिक्षा किचन सप्लायर्सले विभिन्न सामाग्रीहरु समेत किस्ताबन्दीमा बिक्री गर्दै आइरहेको छ ।





