newa srijana

दाइजो लेनदेन भएको विवाहमा सहभागी नहुने उपसभामुखको घोषणा

पोखरा । उपसभामुख रुवि कुमारी ठाकुरले दाइजो लेनदेन भएको विवाह कार्यक्रममा सहभागी नहुने सार्वजनिक घोषणा गरेकी छन्।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सन्देशमा दाइजो लिनु र दिनु मात्र नभई त्यस्तो विवाहमा सहभागी हुनु तथा भोज ग्रहण गर्नु पनि सामाजिक र कानुनी रूपमा दण्डनीय अभ्यास भएको उल्लेख गरेकी छन्।

सिटीजन फनिच्रर

उपसभामुख ठाकुरले विवाहका निमन्त्रणापत्रहरूमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने सन्देश स्पष्ट रूपमा समावेश गर्न सबैलाई आग्रह गरेकी छन्।

दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्‍याउने भन्दै उनले व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुने विश्वास व्यक्त गरेकी छन्।

हेम्जा आलु महोत्सव
अनिल multipurpose