पोखरा । पोखरामा रनवे रोयल्टी कार्यक्रमको पहिलो चरण अडिसन भएको छ । शनिबार पोखराको बेसक्याम्प बारमा आयोजित अडिसनमा युवायुवतीहरूले अडिसनमा भाग लिए ।
कार्यक्रमले परम्परागत मोडलिङमा सीमित नरही कन्टेन्ट क्रिएसन, व्यक्तिगत ब्रान्डिङ तथा इन्फ्लुएन्सर विकासलाई समेत प्राथमिकतामा राखेको छ । पहिलो चरणको अडिसनमा १५ जना सहभागीले प्रतिभा प्रस्तुत गरे ।
कार्यक्रमका संस्थापक त्रिलोक विक्रम थापाको नेतृत्वमा संकेत बासेल, राशी राज बन्दारी, नितेश विक्रम थापाले अडिसन लिए । प्रोडक्सन पार्टनरको रूपमा एस्ट्रा प्रोडक्सनले सहकार्य गरेको थियो भने पोखराका लागि प्रोडक्सन हेडको जिम्मेवारी सिद्धार्थ केसीले सम्हालेका थिए ।

डिजिटल अडिसन १४ मे २०२६ (३१ वैशाख २०८३) सम्म खुला रहने छ भने अर्को चरणको अडिसन मिति चाँडै सार्वजनिक गरिनेछ आयोजकले जनाएको छ ।
काठमाडौंमा सफल भएपछि पोखरामा अडिसन भएको हो । आगामी दिनमा ‘रनवे रोयल्टी’लाई नेपालका सात प्रमुख शहरहरूमा विस्तार गर्ने योजना रहेको आयोजकले जनाएको छ ।
यसलाई मोडलिङ प्लेटफर्म नभई नयाँ पुस्तालाई आत्मविश्वास, सिर्जनशीलता र व्यक्तिगत पहिचान निर्माण गर्ने अवसर प्रदान गर्ने अभियानका रूपमा अगाडि बढाइएका छन्।





