newa srijana

पोखराको पर्यटकीय क्षेत्रमा क्लब सिक्सटिनको सरसफाइ

पोखरा । नेपालकै अग्रणी मनोरञ्जन गन्तव्यको रूपमा स्थापित ‘पोखरा को लेकसाइड स्ट्रीट नम्बर १६ मा रहेको क्लब सिक्सटिन’ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको पर्यटकीय क्षेत्र बाराही घाट र वसुन्धरा पार्क क्षेत्रमा विशेष सरसफाई सम्पन्न गरेको छ ।

रात्रिकालीन व्यावसायिक गतिविधि सकिएलगत्तै क्लबका व्यवस्थापक, बाउन्सर तथा अन्य कर्मचारीहरूसहित ७५ जनाको टोली सरसफाइमा सहभागी भएको क्लब सिक्सटिनका व्यवस्थापक प्रितम मगरले जानकारी दिनुभयो । सरसफाईका क्रममा विसर्जनयोग्य फोहोर संकलन गर्नुका साथै अनावश्यक झाडी तथा बुट्यान सफाइ गरिएको थियो ।

World link net

सरसफाइ कार्यक्रमले समुदाय व्यवसायबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुगेको विश्वास लिएको मगरले बताउनुभयो । पोखरा महानगरपालिकासँगको समन्वयमा सरसफाइबाट संकलित फोहोर महानगरपालिकाको फोहोर बोक्ने गाडीमार्फत विसर्जनका लागि लगिएको थियो ।

पर्यटकीय क्षेत्रको सरसफाइ कार्यक्रमले वातावरणीय संरक्षणमा स्थानीय सरकार र निजी क्षेत्रबीचको सहकार्य र समन्वयलाई प्रमाणित गरेको क्लब सिक्सटिनले जनाएको छ । यस कार्यक्रमले पर्यटकीय क्षेत्रलाई स्वच्छ र सफा राख्दै बाह्य तथा आन्तरिक पर्यटकको थप आकर्षण बढाउन टेवा मिल्ने विश्वास लिएको क्लबका व्यवस्थापक मगरले बताउनुभयो ।

सिटीजन फनिच्रर