पोखरा । पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तिको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाईटिको प्राविधिक सहयोगमा आयोजित रक्तदान कार्यक्रममा ३५ युनिट रगत संकलन गरिएको थियो । त्यस्तै, लेकसाइडको स्ट्रिट नं १७ मा बृहत सरसफाई कार्यक्रम गरियो । कार्यक्रममा होटलमा आवद्ध कर्मचारीहरुको सहभागिता रहेको थियो । टेम्बल बेलमा कार्यतर ७० जना कर्मचारीहरु मध्ये ६ जना कर्मचारीलाई उत्कृष्ट कर्मचारी सम्मान बाट सम्मनित गरियो । वर्षभरिमा उनीहरुले गरेको कार्यसम्पादनको मुल्याङ्कन गर्दै विभिन्न ६ विधाबाट कर्मचारी सम्मान गरिएको हो ।

होटलले बार्षिक उत्सबको दोश्रो चरणको कार्यक्रम अन्तर्गत काष्ठकला निमार्ण, ढुंगाका शिल्पकारहरु, ईन्टेरिययर डिजायनकर्ता, लगाएत विभिन्न तरिकाले होटलको निमार्णमा सहयोग गर्नेहरुलाईसम्मान प्रदान गर्ने जनाएको छ । टेम्पल बेल बुटिक होटल एण्ड स्पालाई पोखराको प्रतिष्ठित चिल्ली ग्रुपका सञ्चालक दाजुभाईद्वय विश्वराज पौडेल र भिष्मराज पौडेलले संयुक्त रुपमा सञ्चालन गर्दै आएका छन् ।
नेपाली बास्तुकला, काष्ठकला, ढुंगा र हस्तकलाको कलात्मक सजावट र हरियाली युक्त बाताबरणमा सञ्चालित टेम्पल बेल स्थापनाको पहिलो वर्षमै अन्र्तराष्ट्रिय पर्यटकहरुको रोजाईमा पर्न थालेको सञ्चालक विश्वराज पौडेलको भनाई छ । झण्डै २ दशकदेखि पर्यटन उद्योगमा आवद्ध रहँदै यस क्षेत्रमा विशेष अनुभव बटुलेका पौडेल दाजुभाईले टेम्बल बेलमा पोखरा र वरिपरी रहेका प्राकृतिक सौन्दर्यता र साँस्कृतिक बिबिधता झल्किने सजावट सहितको समिश्रण झल्काएका छन् ।
होटलमा दक्ष, अनुभवी र फ्रेन्डली कर्मचारीको सेवा तथा न्यानो आतिथ्यतालाई प्रमुख प्राथमिकता दिई पाहुनालाइ शारीरिक बिश्राम मात्र नभई आत्मिक सन्तुष्टि दिदै आएको अर्का सञ्चालक भिष्मराज पौडेलको भनाई छ ।




