newa srijana

फोटो पत्रकार अक्षयकोषमा समाजसेवी विवेक रानाको सहयोग 

पोखरा ।‌ नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले सञ्चालन गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा समाजसेवी विवेक रानाले आर्थिक सहयोग गरेका छन् ।

पर्वत घर भई अहिले यूके बस्ने रानाले अक्षयकोषमा नगद १५ हजार रुपैयाँ सहयोग गरेका हुन् । नव सिर्जनशील युवा क्लव, पैयु, चिन्देखर्क पर्वतका पूर्व अध्यक्ष समेत रहेका उनले एनपिजेए कास्कीका अध्यक्ष राम गुरुङलाई उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।

World link net

अक्षयकोष सहयोगदाता रानाले फोटो पत्रकारको हितका लागि फोटो पत्रकार अक्षयकोषमा सहयोग गरेको बताए ।

सहयोग प्राप्त भएपछि एनपिजेए कास्की अध्यक्ष राम गुरुङले रानालाई धन्यवाद ज्ञापन गरे । उनले विभिन्न दाताहरूबाट प्राप्त सहयोगले अक्षयकोषको लक्ष्य पूरा गर्न मद्दत पुग्ने बताउँदै कोषको रकम फोटो पत्रकारहरुको वृत्तिविकासमा खर्च गरिने जानकारी दिए।

कोषमा विभिन्न क्षेत्रका समाजसेवी, बुद्धिजीवी र संघसंस्थाहरुबाट सहयोग जुट्ने क्रम जारी छ ।

सिटीजन फनिच्रर