newa srijana

एसईई २०८२ मा प्रयोगात्मक प्राप्ताङ्क त्रुटि दोहोरिँदा विद्यार्थी अन्यायमा

ब्रह्म रुपा माध्यमिक विद्यालयद्वारा निष्पक्ष छानबिन र वास्तविक जिपीए कायम गर्न माग

पोखरा । पोखरा महानगरपालिका वडा नं. ३२, राजाको चौतारा स्थित ब्रह्मरुपा माध्यमिक विद्यालयमा मा एसईई २०८२ अन्तर्गत प्राविधिक धार (कम्प्युटर इन्जिनियरिङ) मा अध्ययनरत विद्यार्थीहरूको “म्बतब क्तचगअतगचभ बलम इइए ऋयलअभउत गकष्लन ऋ++” (क्गदवभअत विषय कोड ४२११) विषयको प्रयोगात्मक प्राप्ताङ्कमा पुनः गम्भीर त्रुटि देखिएको भन्दै विद्यालय परिवारले सम्बन्धित निकायप्रति गम्भीर आपत्ति जनाएको छ । विद्यालयले उक्त त्रुटिका कारण धेरै विद्यार्थीहरूको जिपिएमा प्रत्यक्ष असर परेको, उनीहरूको भविष्य अन्योलमा परेको तथा मानसिक रूपमा ठूलो असर पुगेको जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक जनार्दन सुवेदीका अनुसार विद्यालयले तिन दर्जन भन्दा वढि विद्यार्थीहरूको प्रयोगात्मक मूल्याङ्कन निर्धारित मापदण्ड, परीक्षा प्रणाली तथा राष्ट्रिय परीक्षा बोर्डले तोकेको प्रक्रियाअनुसार अत्यन्त जिम्मेवारीपूर्वक सम्पन्न गरी समयमै सम्बन्धित निकायमा पठाएको थियो । तर प्रकाशित नतिजामा धेरै विद्यार्थीहरूको प्राक्टिकल नम्वर अस्वाभाविक रूपमा न्यून देखिएको, वास्तविक मूल्याङ्कनसँग मेल नखाएको तथा त्यसले समग्र जिपिएमा प्रत्यक्ष असर पु¥याएको पाइएको उनले बताए ।

विद्यार्थीका अभिभावक शिवराज तिवारीका अनुसार केही विद्यार्थीहरूले प्रयोगात्मक परीक्षामा उत्कृष्ट प्रदर्शन गरेका भए तापनि नतिजामा प्राप्ताङ्क अत्यन्त न्यून देखिनुले विद्यार्थी, अभिभावक तथा शिक्षकहरू सबैलाई स्तब्ध बनाएको छ । “विद्यार्थीहरूले एक वर्षसम्म निरन्तर मेहनत गरेर राम्रो नतिजाको अपेक्षा गरेका थिए, तर प्रकाशित नतिजाले उनीहरूलाई निराश बनाएको छ,” उनले भने ।

विद्यालयका शिक्षक शंकर प्रसाद मरासैनीका अनुसार यो समस्या नयाँ होइन। यसअघि एसईई २०८१ मा पनि यस्तै प्रकृतिको समस्या मेरो छोरीकोमा देखा परेको थियो । त्यस समयमा विद्यालयले सम्बन्धित निकायसँग पटक–पटक समन्वय, जानकारी तथा सुधारको पहल गरेको भए पनि समस्या पूर्ण रूपमा समाधान हुन सकेको थिएन । विद्यालयले यस वर्ष पुनः उही प्रकृतिको त्रुटि दोहोरिनुले सम्बन्धित निकायको कार्यप्रणाली, प्राविधिक व्यवस्थापन तथा नतिजा प्रकाशन प्रक्रियामाथि गम्भीर प्रश्न उठेको बताए ।

विद्यालयका शिक्षकहरूका अनुसार प्राविधिक धार अन्तर्गत अध्ययनरत विद्यार्थीहरूको प्रयोगात्मक मूल्याङ्कनले समग्र जिपिएमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यस्तो त्रुटिले विद्यार्थीहरूको भविष्यमा प्रत्यक्ष असर पार्ने खतरा रहन्छ। विशेष गरी कम्प्युटर इन्जिनियरिङ जस्ता प्राविधिक विषयमा प्राक्टिकल नम्वर अत्यन्त महत्वपूर्ण मानिने भएकाले त्यसमा भएको त्रुटिले उच्च शिक्षा अध्ययन, छात्रवृत्ति प्राप्ति तथा भविष्यको करियरमा समेत नकारात्मक प्रभाव पार्न सक्ने उनीहरूको भनाइ छ ।

World link net

यस त्रुटिका कारण धेरै विद्यार्थीहरू मानसिक तनावमा पुगेका छन्। विद्यालयका अनुसार केही विद्यार्थीहरूले आफूले अपेक्षा गरेअनुसार न्एब् प्राप्त गर्न नसक्दा आत्मविश्वास गुमाएका छन् भने अभिभावकहरूमा समेत गहिरो असन्तुष्टि र आक्रोश बढेको छ। “मेहनत गरेर पनि वास्तविक नतिजा नपाउँदा विद्यार्थीहरू निराश भएका छन्। उनीहरूले आफू अन्यायमा परेको महसुस गरेका छन्,” विद्यालय स्रोतले जनाएको छ ।

विद्यालय प्रशासनले आफूहरूले सम्पूर्ण प्रक्रिया इमान्दारीपूर्वक पूरा गर्दा पनि बारम्बार यस्ता समस्या आउनुले समुदायमा विद्यालयप्रतिको विश्वास कमजोर बन्ने अवस्था सिर्जना भएको उल्लेख गरेको छ। विद्यालयले कुनै त्रुटि नगरेको अवस्थामा समेत विद्यार्थी तथा अभिभावकको असन्तुष्टि विद्यालयले नै सामना गर्नुपरेको भन्दै दुःख व्यक्त गरेको छ ।

विद्यालय परिवारले सम्बन्धित निकायसँग तत्काल निष्पक्ष छानबिन गरी वास्तविक प्राप्ताङ्क पुनः परीक्षण गर्न माग गरेको छ। साथै पीडित विद्यार्थीहरूले आफ्नो वास्तविक न्एब् सहितको सही ग्रेडसिट प्राप्त गर्ने सुनिश्चितता गर्नुपर्नेमा जोड दिएको छ ।

विद्यालयले आगामी दिनमा यस्ता समस्या पुनः नदोहोरिने गरी मूल्याङ्कन प्रणालीमा पारदर्शिता, उत्तरदायित्व तथा प्राविधिक सुधार आवश्यक रहेको जनाएको छ। “विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सम्बन्धित निकाय अझ संवेदनशील र जिम्मेवार बन्नुपर्छ,” विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय परिवारले मेहनती विद्यार्थीहरूले बारम्बार अन्याय भोग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने माग गर्दै शिक्षा क्षेत्रमा विश्वसनीय, पारदर्शी र त्रुटिरहित मूल्याङ्कन प्रणाली लागू गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ ।

सिटीजन फनिच्रर