newa srijana

जोण्टा क्लब अफ पोखराको अध्यक्षमा नेलिसा

पोखरा । जोण्टा क्लब अफ पोखराको अध्यक्षमा नेलिसा ठकुरी केसी निर्वाचित हुनुभएको छ।

जोण्टा इन्टरनेशनल डिस्ट्रिक्ट–२५ अन्तर्गत एरिया–२ को पोखरामा सम्पन्न सातौँ साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि केसीको अध्यक्षतामा पाँच सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सिर्जना केसी भट्टराई, सचिवमा बन्दना कार्की केसी तथा कोषाध्यक्षमा श्रीविद्या रघुनन्दन कायस्थ चयन हुनुभएको छ। निवर्तमान अध्यक्षका रूपमा रोजिना रञ्जित बिजुक्छे रहनुभएको छ।

Mountain run pokhara click
सिटीजन फनिच्रर

त्यसैगरी नोमिनेटिङ कमिटीमा मोनिका थापा, एड्भोकेसी कमिटीमा अर्चना कर्माचार्य, अवार्ड तथा छात्रवृत्ति समितिमा नीलिमा गुरुङ, लिडरसिप समितिमा अञ्जना तज्या, भिजिबिलिटी समितिमा लिसा गुरुङ, सर्भिस समितिमा अनिता केसी भट्टराई, संयुक्त राष्ट्रसंघ तथा जलवायु समितिमा पुनम भट्टराई तथा जी एन्ड गोल्डेन जी समितिमा साम्राज्ञी क्षेत्री चयन हुनुभएको छ।

जोण्टा क्लब अफ पोखराले हरेक वर्ष महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। साथै महिला, बालबालिका तथा वातावरण संरक्षणका क्षेत्रमा पनि विविध कार्यक्रम सञ्चालन गर्दै आएको क्लबले जनाएको छ।

नवनिर्वाचित अध्यक्ष केसीले हाल सञ्चालनमा रहेका कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दिनमा थप नवीन र प्रभावकारी कार्यक्रम सञ्चालन गरिने बताउनुभयो।

Rabin photo