newa srijana

बालश्रम विरुद्ध सामुदायिक सेवा केन्द्र बैदामको सचेतना प्रदर्शन

पोखरा । विश्व बालश्रम विरुद्धको दिवसको अवसरमा पोखराको लेकसाइडमा सचेतनामूलक कार्यक्रम गरिएको छ। सामुदायिक सेवा केन्द्र बैदामको आयोजना र अनाहत नेपालसँगको सहकार्यमा कार्यक्रम गरिएको हो।

पोखरा–६ लेकसाइडस्थित फेवाताल किनार पैदलमार्ग तथा खहरेचोकदेखि बाराही चोकसम्म सचेतनामूलक प्रदर्शन गरिएको थियो। लेकसिटी कलेजका विद्यार्थीहरूले समाचार, सन्देश, नारा तथा प्रतीकात्मक रातो दागसहित सेतो कपडा लगाएर प्रदर्शन गरेका थिए। उनीहरूले बालबालिकाको श्रम कहाँ शोषण हुन्छ, कसले शोषण गर्छ र शोषणविरुद्ध उजुरी कसरी गर्ने भन्ने सन्देशमूलक प्रदर्शन गरेका थिए।

World link net

कार्यक्रमलाई सम्बोधन गर्दै वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नमराज भट्टराईले बालबालिकालाई श्रममा लगाउन नहुने बताए। उनले प्रहरीले समय–समयमा अनुगमन गर्ने गरेको उल्लेख गर्दै पोखरा पर्यटकीय क्षेत्र भएकाले बाहिरबाट बालबालिकालाई ल्याएर बालश्रममा लगाउने गरिएको बताए। उनले बालबालिकालाई श्रम तथा यौनजन्य क्रियाकलापमा लगाउनेलाई प्रहरीले कडा कारबाही गर्दै आएको उल्लेख गरे। यस्ता कार्यक्रमले बालश्रम रोकथाममा सहयोग पुग्ने उनको भनाइ थियो।

सामुदायिक सेवा केन्द्र बैदामका अध्यक्ष ठाकुरप्रसाद बरालले बालबालिकामाथि हुने शोषणविरुद्ध जनचेतना फैलाउन यस्ता कार्यक्रम गर्दै आएको र आगामी दिनमा पनि निरन्तरता दिने बताए। उनले पर्यटकीय क्षेत्र भएकाले लेकसाइडमा बालश्रमिक बढी आउने र शोषणमा पर्ने गरेको उल्लेख गरे। सबैले बालबालिकाको पक्षमा आवाज उठाउन सके शोषण नियन्त्रण गर्न सकिने उनको भनाइ थियो।

सिटीजन फनिच्रर