newa srijana

प्रोटोनको नयाँ विद्युतीय एसयूभी ‘इ.मास ५’ पोखराबाट सार्वजनिक

सुरुआती मूल्य २९ लाख ९९ हजार रुपैयाँ, पहिलो १०० ग्राहकका लागि विशेष अफर

पोखरा । नेपालमा प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालि ले आफ्नो आधिकारिक च्यानल पार्टनर स्क्वायर अटोमोबाइल्स प्रालि सँगको सहकार्यमा नयाँ प्रोटोन इ.मास ५ कम्प्याक्ट इलेक्ट्रिक एसयूभी पोखराबाट सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नेपालमा प्रोटोन ब्रान्डको दोस्रो विद्युतीय सवारीका रूपमा भित्रिएको इ.मास ५ आधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड, स्मार्ट फिचर तथा दिगो यातायातलाई प्राथमिकतामा राखेर नेपाली बजारमा ल्याइएको हो। दैनिक प्रयोगलाई सहज, सुरक्षित र वातावरणमैत्री बनाउने उद्देश्यका साथ यो मोडल सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

पोखरामा आयोजित सार्वजनिक कार्यक्रममा पर्यटन, व्यवसाय तथा अटोमोबाइल क्षेत्रका प्रतिनिधि, व्यवसायिक साझेदार, सञ्चारकर्मी, अटो पत्रकार, कन्टेन्ट क्रिएटर तथा अन्य अतिथिहरूको सहभागिता रहेको थियो। प्रमुख पर्यटकीय सहर पोखराबाट नयाँ विद्युतीय सवारी सार्वजनिक गरिनुले गण्डकी प्रदेशमा विद्युतीय सवारीप्रतिको आकर्षण थप बढ्ने कम्पनीको विश्वास छ।

कार्यक्रममा जगदम्बा मोटर्सका सिनियर जनरल म्यानेजर सुशील क्षेत्री ले प्रोटोनसँगको सहकार्यलाई निरन्तरता दिँदै पोखराबाट इ.मास ५ सार्वजनिक गर्न पाउँदा कम्पनी उत्साहित रहेको बताए। अत्याधुनिक प्रविधि, उच्च सुरक्षा, व्यावहारिक उपयोगिता र प्रतिस्पर्धी मूल्यका कारण यो मोडल ग्राहकको रोजाइमा पर्ने उनले विश्वास व्यक्त गरे।

सिटीजन फनिच्रर

उनले यसअघि सार्वजनिक गरिएको प्रोटोन इ.मास ७ लाई नेपाली बजारबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको उल्लेख गर्दै इ.मास ५ ले पनि विद्युतीय सवारी बजारमा नयाँ विकल्प थप्ने बताए।

कम्पनीका अनुसार मलेसियाको अग्रणी अटोमोबाइल ब्रान्ड प्रोटोन ले सन् २०१७ देखि जिली (Geely) सँगको रणनीतिक साझेदारीमार्फत अन्तर्राष्ट्रिय बजार विस्तार गर्दै आएको छ। हाल प्रोटोन e.MAS मलेसियाको अग्रणी विद्युतीय सवारी ब्रान्डका रूपमा स्थापित भइसकेको कम्पनीको दाबी छ।

प्रोटोन इ.मास ५ प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध हुनेछ। सार्वजनिक कार्यक्रमको अवसरमा कम्पनीले प्राइम भेरियन्टको सुरुआती मूल्य २९ लाख ९९ हजार रुपैयाँ तथा प्रिमियम भेरियन्टको ३४ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको जनाएको छ। यो मूल्य पहिलो १०० ग्राहक तथा सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार इच्छुक ग्राहकले पोखरास्थित आधिकारिक प्रोटोन शोरुममा पुगेर इ.मास ५ को अवलोकन, टेस्ट ड्राइभ तथा यसको प्रविधिबारे प्रत्यक्ष जानकारी लिन सक्नेछन्।

Pokhara learners