newa srijana

अवैध रूपमा बालुवा ओसारपसार गर्दै गरेको ट्याक्टर नियन्त्रणमा

आँधीखोलाबाट बालुवा ढुवानी गरिरहेको ट्याक्टरमाथि ३० हजार रुपैयाँ जरिवाना

पोखरा । स्याङ्जाको वालिङ नगरपालिका–८ बाँसघारीस्थित आँधीखोला किनारबाट अवैध रूपमा नदिजन्य पदार्थ उत्खनन तथा ओसारपसार गर्दै गरेको एक ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

वडा प्रहरी कार्यालय वालिङबाट खटिएको प्रहरी टोलीले बालुवा लोड गरी ओसारपसार गरिरहेको अवस्थामा ग.१ त. ७३३३ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएको थियो।

सिटीजन फनिच्रर

आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि ट्याक्टरलाई वालिङ नगरपालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थी ले जानकारी दिए।

उनका अनुसार उक्त ट्याक्टरलाई ३० हजार रुपैयाँ जरिवाना गरिएको छ।

Pokhara learners