newa srijana

सञ्चारमा वेलनेस हिलिङको महत्वबारे अन्तरक्रिया

सञ्चारिका समूह गण्डकीको आयोजनामा पत्रकारका लागि प्रशिक्षण

पोखरा । सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयको सहकार्यमा ‘सञ्चारमा वेलनेस हिलिङको महत्व’ विषयक एकदिने अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ।

सञ्चार क्षेत्रमा कार्यरत व्यक्तिले दैनिक रूपमा उच्च कार्यचाप, मानसिक तनाव तथा चुनौतीको सामना गर्नुपर्ने भएकाले मानसिक सन्तुलन, सकारात्मक सोच र ध्यान (मेडिटेसन) लाई जीवनशैलीको हिस्सा बनाउन आवश्यक रहेको प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले बताए। उनले वेलनेस हिलिङले मानसिक शान्ति, आत्मविश्वास, निर्णय क्षमता र कार्यदक्षता अभिवृद्धि गर्दै जिम्मेवार तथा सकारात्मक सञ्चार प्रवाहमा टेवा पुग्ने धारणा व्यक्त गरे।

सञ्चारकर्मीको मानसिक, आत्मिक तथा भावनात्मक स्वास्थ्य सुदृढ बनाउन यस्ता कार्यक्रम उपयोगी हुने ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालयकी सञ्चालिका ब्रह्माकुमारी पुनमले बताइन्। उनले आगामी दिनमा पनि सञ्चारिका समूहसँग सहकार्यलाई निरन्तरता दिइने बताइन्।

सिटीजन फनिच्रर

पत्रकारहरूको मानसिक स्वास्थ्य र क्षमता अभिवृद्धिलाई लक्षित गरी कार्यक्रम आयोजना गरिएको सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले बताइन्।

प्रशिक्षणका क्रममा सहभागीलाई ध्यान अभ्यास गराइएको थियो। सहभागी पत्रकारहरूले यस्ता कार्यक्रमले मानसिक स्वास्थ्य प्रवर्द्धन, तनाव व्यवस्थापन तथा व्यावसायिक क्षमता अभिवृद्धिमा सहयोग पुग्ने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको सञ्चालन सञ्चारिका समूह नेपाल गण्डकी प्रदेशकी उपाध्यक्ष कञ्चन थापाले गरेकी थिइन्।

Pokhara learners