newa srijana

पोखरामा लायन्सको रक्तदानबाट ५५ युनिट रगत संकलन

पोखरा । वर्षायामसँगै पोखरामा रगतको अभाव हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै लायन्स क्लब अफ साझा चौतारीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५५ युनिट रगत संकलन भएको छ। रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम आयोजना गरिएको हो।

लायन्स क्लब रक्तदान विभागका प्रमुख मिनबहादुर लामिछानेले ‘रक्तदान जीवनदान, जीवनदान महादान’ भन्ने भावनाबाट प्रेरित भएर लायन्स क्लबले रक्तदान कार्यक्रमलाई प्राथमिकता दिँदै आएको बताए। उनले रक्तदानबाट आवश्यक परेका बिरामीलाई सहयोग पुग्ने उल्लेख गरे।

सिटीजन फनिच्रर

पोखरा महानगरपालिका–१७ का वडाध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र प्रदान गर्दै रक्तदानजस्तो पुण्य कार्यमा युवा वर्गलाई थप प्रेरित गर्नुपर्ने बताइन्। युवालाई सामाजिक सेवाका यस्ता अभियानमा जोड्न सके रक्तदानको संस्कृति अझ विस्तार हुने उनको भनाइ थियो।

क्लबका अध्यक्ष सीता काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा सदाशिव हरिहर मन्दिरका अध्यक्ष नरेन्द्र शर्मा भण्डारी, लायन्स दुर्गाकुमारी आचार्य, लक्ष्मी शर्मालगायतले रक्तदानको महत्वबारे धारणा राखेका थिए।

Pokhara learners