newa srijana

पोखरामा जुवातास खेलेको आरोपमा १८ जना पक्राउ

भाटामुल र ड्यामसाइडबाट ६० हजारभन्दा बढी नगद तथा तास बरामद

पोखरा । कास्की प्रहरीले पोखराका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेल्ने तथा खेलाउने १८ जनालाई पक्राउ गरेको छ। प्रहरीले पोखरा–३१ भाटामुल र पोखरा–१७ ड्यामसाइडबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।

भाटामुलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको टोलीले साउन २३ गते दिउँसो करिब ३ः५५ बजे १२ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट ३१ हजार ७ सय ६० रुपैयाँ नगद र चार बुक तास बरामद गरिएको छ।

सिटीजन फनिच्रर

पक्राउ परेकाविरुद्ध जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसूरअन्तर्गत जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसूरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

यसैगरी पोखरा–१७ ड्यामसाइडबाट शनिबार साँझ जुवातास खेल्ने तथा खेलाउने थप ६ जना पक्राउ परेका छन्। जुवातास खेलिरहेको भन्ने सूचनापछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले साँझ करिब ६ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिएको हो।

ड्यामसाइडबाट पक्राउ परेकाहरूको साथबाट नेपाली नगद २८ हजार ७० रुपैयाँ, भारतीय नगद २ हजार ५ सय रुपैयाँ र १५६ पत्ती तास बरामद गरिएको प्रहरीले जनाएको छ।

Pokhara learners