पोखरा । ग्राहकको आवश्यकता र रोजाइलाई ध्यानमा राख्दै गुणस्तरीय सामग्री उपलब्ध गराउने उद्देश्यले ग्रिन कम्प्लेक्समा नाइटिङ्गेल सप्लायर्स सञ्चालनमा आएको छ।
आजदेखि सञ्चालनमा आएको सप्लायर्समा महिला तथा पुरुषका लागि ब्याग तथा ह्यान्डब्याग, लिंगरी तथा इन्टिमेट्स, एक्टिभ तथा जिमवेयर, नाइटगाउन तथा स्लीपवेयर, लाउन्जवेयर तथा टु–पिस सेटलगायतका लाइफस्टाइल सामग्री उपलब्ध छन्। पुरुषका आधारभूत तथा आवश्यक सामग्रीसमेत पाइने जनाइएको छ।


सञ्चार क्षेत्रमा लामो समयदेखि सक्रिय सञ्चालक रोजी श्रेष्ठले व्यवसायमा पनि नयाँ अनुभव र सम्भावना खोज्न नाइटिङ्गेल सप्लायर्स सुरु गरेको बताइन्।
व्यवसायलाई विश्वास, गुणस्तर र सेवासँग जोडेर अघि बढाउने योजना रहेको उनले जानकारी दिइन्। आगामी दिनमा सामग्रीको विविधता थपेर व्यवसाय विस्तार गर्ने लक्ष्य पनि रहेको छ।




