newa srijana

पोखरा लेडी जेसिजको अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना

पोखरा । पोखरा लेडी जेसिजको वर्ष २०२७ का लागि अध्यक्षमा नन्दकुमारी सुवेदी ढुंगाना सर्वसम्मत निर्वाचित भएकी छन्।

संस्थाको ३३औँ शाखा अधिवेशन तथा ३८औँ वार्षिक साधारण सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

नवनिर्वाचित कार्यसमितिको कानुनी सल्लाहकारमा सृजना आले, कार्यकारी उपाध्यक्षमा शुभद्रा बराल, सचिवमा विनिता केसी, कोषाध्यक्षमा रचना अधिकारी र सहसचिवमा रेजिना कटुवाल चयन भएका छन् ।

सिटीजन फनिच्रर ..

त्यस्तै, उपाध्यक्षमा अञ्जना सुवेदी, एलिशा भुजेल, बविता केसी र अस्मिता पौडेल निर्वाचित भएका छन् ।

निर्देशकमा सन्दिपा लम्साल, एलिशा गुरुङ, समान पराजुली र पूजा भण्डारी चयन भएका छन् । शाखा सम्पादकमा रिता पाण्डे र प्रकरण निर्देशकमा सरिता भुजेल चयन भएका छन् ।

नवनिर्वाचित अध्यक्ष सुवेदीले संस्थालाई थप गतिशील बनाउँदै महिला नेतृत्व विकास र सामाजिक कार्यमा सक्रिय भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।

Byd