newa srijana

पुस २९ देखि १५औँ पोखरा महोत्सव हुने

युनाइटेड क्लब पोखराले मूल आयोजक समितिसहित ३१ उपसमिति गठन गरेको छ

पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा १५औँ पोखरा महोत्सव पुस २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा हुने भएको छ। महोत्सवलाई व्यवस्थित रूपमा सञ्चालन गर्न मूल आयोजक समितिसहित ३१ उपसमिति गठन गरिएको छ।

महोत्सवको मूल आयोजक समिति संयोजकमा गणेश तिमिल्सिना चयन भएका छन्। कार्यसम्पादन उपसमितिको संयोजकमा लोकबहादुर थापा चयन भएका छन्।

अतिथि व्यवस्थापन उपसमितिको संयोजकमा हिमालय बख्रेल, झाँकी तथा र्‍याली व्यवस्थापनमा सुकबहादुर गुरुङ, बिमा व्यवस्थापनमा लालकाजी गुरुङ, अनुगमनमा राजु श्रेष्ठ, सांस्कृतिक कलाकार व्यवस्थापनमा शान्तबहादुर थापा, सचिवालय व्यवस्थापनमा सूर्यबहादुर बानियाँ र प्रायोजन व्यवस्थापनमा दिनेश सुनार चयन भएका छन्।

प्रचारप्रसार उपसमितिको संयोजकमा सन्तोष कार्की, अर्थ तथा स्टल व्यवस्थापनमा जयराम आचार्य, संघसंस्था समन्वयमा विष्णुकुमार गुरुङ, टिकट काउन्टर व्यवस्थापनमा शिव थापा, ब्यानर व्यवस्थापनमा पूर्णकुमार श्रेष्ठ, सुरक्षा व्यवस्थापनमा बुद्ध कार्की तथा खानेपानी र सरसफाइ व्यवस्थापनमा पदमबहादुर कार्की (विजय) चयन भएका छन्।

Lekhnatha

अतिथि सत्कारमा शान्ति सुवेदी, पार्किङ व्यवस्थापनमा सुरेश थापा, मञ्च व्यवस्थापनमा गणेशबहादुर खड्का, स्वयंसेवक परिचालनमा धनराज गुरुङ, खाना तथा खाजा व्यवस्थापनमा कृष्ण गौतम, मायाको चिनो व्यवस्थापनमा मिलनबहादुर अधिकारी र यातायात व्यवस्थापनमा रमेशबहादुर कार्की चयन भएका छन्।

पृष्ठपोषण उपसमितिको संयोजकमा लिलाधर अधिकारी, मूल्यांकनमा सुशिलराज पराजुली, विद्यालय समन्वय तथा विज्ञान प्रदर्शनीमा माधवराज घिमिरे, स्वास्थ्यमा नरहरी पनेरु, ट्राफिक व्यवस्थापनमा कृष्ण थापामगर, मूलद्वार व्यवस्थापनमा शंकरप्रसाद पौडेल, विद्युत व्यवस्थापनमा कुशल ढुंगाना र अतिरिक्त क्रियाकलाप व्यवस्थापनमा बिनप्रसाद गुरुङ चयन भएका छन्।

महोत्सवको कार्यालय सचिवमा कुसुम गुरुङ र सञ्चार समन्वयकमा गीता राना रहेको क्लबका महासचिव सन्तोष कार्कीले बताए। महोत्सवको तयारी तीव्र पारिएको उनले बताए।

महोत्सव पुस २९ देखि माघ ११ गतेसम्म अमरसिंह चौरमा सञ्चालन हुनेछ।

सिटीजन फनिच्रर ..