कोटि होम १

एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिट खारेज

काठमाडौं । सर्वोच्च अदालतले दूरसञ्चार सेवा प्रदायक निजी कम्पनी एनसेलको शेयर बिक्री रोक्न माग गरिएको रिट खारेज गरेको छ । रिटमाथि बिहीबार सुनुवाइ गर्दै न्यायाधीश सपना प्रधान मल्ल र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले सो रिट खारेज गरेको हो । प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंहले उक्त रिट दायर गरेका थिए ।

Nawa Srijana

एनसेलको ८० प्रतिशत शेयर तत्कालिन मलेसियन कम्पनी आजियाटा ग्रुपले गैरआवासीय नेपाली सतिशलाल आचार्यको बेलायत स्थित कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बिक्री गरेकोमा सो शेयर खरिद बिक्री रोक्न माग गर्दै संसद सदस्य सिंहले सर्वोच्चमा २०८० मंसिर २२ गते रिट दायर गरेका थिए। उनले एनसेल, नेपाल दूरसञ्चार प्राधिकरण, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र आन्तरिक राजस्व कार्यालयलाई विपक्षी बनाएर रिट दायर गरेका थिए।

मलेसियन कम्पनी आजियाटाले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई ५ करोड अमेरिकी डलरमा बिक्री गरेको बताएको थियो । त्यसपछि एनसेलले कर छल्लन धेरै मूल्यको शेयर कम मूल्यमा बेचेको देखाइएको भन्दै विवाद भएको थियो । त्यसपछि यो विषयमा छानबिन गर्न तत्कालीन पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले छानबिन समितिसमेत बनाएको थियो । सो समितिले एनसेलको शेयर खरिदबिक्री यथास्थितिमा स्वीकार नगर्न सुझाव दिएको थियो । तर, सर्वोच्चले रिट खारेज गरेपछि एनसेललाई राहत भएको छ ।

सामुदायिक प्रहरी
अख्तियार अनुसन्धान
Leave A Reply

Your email address will not be published.