सुचना१
newa srijana

ढिकुरपोखरी समाज पोखराको अध्यक्षमा पहिलोपटक महिला नेतृत्व, अध्यक्षमा लक्ष्मी निर्वाचित

पोखरा । ढिकुरपोखरी समाज पोखराले पहिलोपटक महिला नेतृत्व पाएको छ । समाजको शनिबार पोखरामा भएको १७औं वार्षिक साधारणसभाले लक्ष्मी अधिकारीलाई सर्वसम्मत अध्यक्ष निर्वाचित गरेको हो ।

उपाध्यक्षमा लोकनाथ भण्डारी, सचिवमा गणेशप्रसाद अधिकारी, कोषाध्यक्षमा रमा पौडेल र सहसचिवमा कृष्णप्रसाद दाहाल सर्वसम्मत निर्वाचित भए ।

कार्यसमिति सदस्यमा पुरन विश्वकर्मा, चेतनाथ भण्डारी, पुष्पराज भण्डारी, धर्मदत्त अधिकारी, रामकुमारी अधिकारी, खिमा भण्डारी, सूर्यमोहन भण्डारी, कृष्णप्रसाद पौडेल, दिवाकर पौडेल सर्वसम्मत भए। न्यायिक समिति संयोजकमा विष्णुहरि भुगाईं निर्वाचितको निर्वाचन समिति संयोजक शिवहरि सुवेदीले जानकारी दिए ।

Pokhara महोत्सव

अधिवेशनको गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले उद्घाटन गरेका थिए । उनले सामाजिक संघसंस्थाले सङ्गठित नागरिकको भूमिका निर्वाह गर्ने भएकाले देश निर्माणमा महत्वपूर्ण भूमिका रहने बताए ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिका कास्कीका उपाध्यक्ष चन्द्रकला देवकोटा, निवर्तमान अध्यक्ष सोमनाथ पौडेल, पूर्वअध्यक्षहरू रामचन्द्र पौडेल, लोकराज भण्डारी, आशबहादुर गुरूङ, बाबुराम भण्डारी, सल्लाहकार कुलबहादुर गुरूङ (कुलु), अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इन्द्रप्रसाद पौडेल, आजीवन सदस्यहरू महिलाको तर्फबाट अम्बिका अधिकारी र पुरुषबाट नारायण भण्डारी, सहयोगी संस्था रेडक्रसबाट रमेश भण्डारी, धारापानी माविका प्रधानाध्यापक यमप्रसाद भण्डारी, सचिव लोकनाथ भण्डारी, कोषाध्यक्ष कृष्णप्रसाद दाहाललगायतले बोलेका थिए ।

सो अवसरमा समाजका सदस्य हरिशचन्द्र भण्डारीलाई सम्मान गरिएको थियो । विद्यावारिधि गरेकोमा उनलाई समाजले सम्मान गरेको हो । त्यस्तै कक्षा १२ पास गरेका समाजमा आबद्ध सदस्यका छोराछोरीलाई पनि सम्मान गरिएको थियो ।

पुल सेन्टर
वडा नं २६