GIF TIGER CUP

आर्मीलाई हराउँदै पुरुषतर्फ पुलिस टाइगर कपको फाइलनमा प्रवेश

पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।

पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो ।

GIF TIGER CUP
Leave A Reply

Your email address will not be published.