पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह पोखरा आएका छन् । आइतबार परिवारका सदस्यसहित समिट एयरको चार्टर जहाजबाट शाह पोखरा आइपुगेका हुन् ।
उनी पोखराको पुरानो विमानस्थलमा ओर्लिए । पोखरामा समर्थकहरुले उनलाई स्वागत गरे । समर्थकहरुले ‘हाम्रो राजा, हाम्रो प्राण’, लगायतको नारा लगाए ।
पूर्वरानी कोमल शाह केही दिनमा आउनेछिन्।

नागरिक स्वागत मूल समारोह समिति पश्चिमाञ्चल पोखराले राजाको स्वागतका लागि आह्वान नै गरेको थियो । समारोहका सचिवालय प्रमुख अरुण गिरीका अनुसार पूर्वराजा ज्ञानेन्द्र दुई हप्ता पोखरा बस्नेछन् । सोमबारदेखि पोखरा आसपासका धार्मिकस्थलको भ्रमण गर्ने गिरीले बताए ।
शाह आइतबार रूपाकोट रिसोर्टमा बास बस्नेछन् ।