newa srijana

पिएम कप एनभिए भलिबल लिगमा पुरुषतर्फ हेल्प नेपाल र महिलातर्फ पुलिस च्याम्पियन

पोखरा । पोखराको रंगशालास्थित कभर्ड हलमा भएको नवौं प्रधानमन्त्री कप–एनभिए महिला र पुरुष भलिबल लिगमा पुरुषतर्फ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लब र महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेका छन्।

पुरुषतर्फको फाइनल खेलमा टिपटप हेल्प नेपालले गण्डकी प्रदेशलाई ३–२ को रोमाञ्चक सेटमा हरायो। हेल्प नेपालले पहिलो सेट २०–२५ र दोस्रो सेट २५–२७ ले गुमाए पनि तेस्रो सेट २५–२२, चौथो सेट २५–१४ र निर्णायक पाँचौं सेट १५–८ ले जितेर उपाधि हासिल गर्यो।

महिलातर्फको फाइनलमा नेपाल पुलिस क्लबले टिपटप न्यू डायमण्ड स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा पराजित ग-यो। पुलिसले पहिलो सेट २५–२० ले जित्यो, तर दोस्रो सेट २३–२५ ले हा-यो। तेस्रो सेटमा ३०–२८ र चौथो सेट २५–१५ ले जित्दै पुलिसले च्याम्पियनको उपाधि हात पार्याे ।

एनभिए महिलातर्फ च्याम्पियन नेपाल पुलिस क्लब

तेस्रो स्थानका लागि महिलातर्फको खेलमा एभरेष्ट भलिबल क्लबले नेपाल एपिएफ क्लबलाई ३–१ को सेटमा (२५–१८, १०–२५, २५–२३, २९–२७) हरायो। पुरुषतर्फ नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा (२७–२५, २५–२०, २३–२५, २५–१४) पराजित ग-यो।

World link net

महिलातर्फको च्याम्पियन पुलिस र उपविजेता न्यू डायमण्ड काभा महिला क्लब च्याम्पियनसिपका लागि छनोट भएका छन्।

प्रतियोगितामा पुरस्कारस्वरूप च्याम्पियन टोली (पुरुष र महिला) ले ८ लाख, उपविजेताले ४ लाख र तेस्रो हुने टोलीले २ लाख रुपैयाँ प्राप्त गरे। सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ र उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाए।

पुरुषतर्फ उत्कृष्ट खेलाडी मुबाशर रजा

उत्कृष्ट खेलाडीहरूमा महिलातर्फ उषा भण्डारी र पुरुषतर्फ मुबाशर रजा सर्वोत्कृष्ट खेलाडी चुनिए, जसले प्रति व्यक्तिले ५० हजार रुपैयाँ प्राप्त गरे। महिलातर्फ सलिना श्रेष्ठ (लिबेरो), मिना सुनार (सर्भर), सुमित्रा रेग्मी (ब्लकर), कमला पुन (लिफ्टर), कामना बिष्ट (स्पाइकर) र प्रशिक्षक रुपेश बिष्टले प्रत्येक व्यक्तिले २५ हजार रुपैयाँ पाए। पुरुषतर्फ सन्तोष राई (लिबेरो), वकार मुहम्मद (सर्भर), सफल बि.क. (ब्लकर), वालिद खान (लिफ्टर), एमल खान (स्पाइकर) र प्रशिक्षक उत्सव खड्काले पनि प्रत्येक व्यक्तिले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।

महिलातर्फ उत्कृष्ट खेलाडी उषा भण्डारी
सिटीजन फनिच्रर