सुचना१
हेमाजा हिले महोत्सव

गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्यदेव प्रजु चयन

पोखरा । गण्डकी टोस्टमास्टर्स क्लबको अध्यक्षमा आदित्य देव प्रजु सर्वसम्मत चयन भएका छन् । पोखरामा सम्पन्न सातौ वार्षिक अधिवेशनले प्रजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यष शिक्षामा संझना पराजुली, उपाध्यक्ष सदस्यमा सुप्रिति श्रेष्ठ, उपाध्यक्ष रजनी बराल, सचिबमा विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्षमा अनमोल बज्रचार्य र सर्जन आर्मसमा डा. मुकेश मल्लीक चयन भए ।

क्लबका सस्थापक अध्यक्ष तथा निर्वाचन समितिका संयोजक प्रकाशदेव पालिखेले सस्था स्थापना गर्दा र सस्थाले गर्नु पर्ने कामका बारेमा जानकारी दिए । उनले सस्थाले व्यक्तिको नेतृत्व विकासमा उल्लेख्य काम गरेको बताए । त्यसै गरी नेपाल युवा उद्यमी मञ्च पोखराका अध्यक्ष समेज राजभण्डारीले संस्थाले युवाहरु बोल्न क्षेमता बढाउने काममा लागेको बताए ।

नयाँ पदाधिकारीहरूलाई क्लबका निवर्तमान अध्यक्ष श्रीविद्या रघुनन्दन कायस्तले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्दै आफ्नों कार्यकाल सफल पार्न सहयोग गर्नेलाई दिइन् ।

टोष्टमास्टर्स अफ द इयर, राइजिङ्ग स्टार, अनटोल्ड हिरो, स्पिकर अफ द इयर तथा अन्य उपाधि घोषित भएकाहरुलाई पुरस्कार वितरण गरेका थिए । उनीहरुलाई क्लबका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखे, पुर्व अध्यक्ष वैभव पौडेल लगाएतले पुरस्कृत व्यक्तित्वहरूलाई सम्मान गरे ।

नव निर्वाचीत अध्यक्ष आदित्य देव प्रजु दक्षिण एशियामा विकास हुन नसक्नुका कारणहरु प्रस्तुत गर्दै बालबालिकाको शिक्षा प्रणाली सुधार गर्नु पर्ने बताए । उनले नेपाल सहित दक्षिण एशियाका बालबालिकाको शिक्षा प्रणाली सुधार गर्न सके अन्य विकसी देश जस्तै अगाडी बढ्न सकिने बताए ।

वडा नं २६
Sadak 1
पुल सेन्टर
Leave A Reply

Your email address will not be published.