सुचना१
हेमाजा हिले महोत्सव

पोखरा ट्रेड मलको १३ औं वार्षिकोत्सवमा ‘ग्रान्ड सपिङ फेस्टिभल’

ग्राहकलाई राहत दिने उद्देश्यले पोखरा ट्रेड मलले ५० प्रतिशतसम्म छुटसहित विशेष सपिङ फेस्टिभल आयोजना गरेको छ।

पोखरा । चिप्लेढुंगामा रहेको पोखरा ट्रेड मल एन्ड हाउजिङ प्रालिले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा साउन २५ देखि भदौ ४ सम्म ‘ग्रान्ड सपिङ फेस्टिभल’ योजना सञ्चालन गर्ने घोषणा गरेको छ।

यस अवधिमा टे«ड मलका २१० व्यावसायिक प्रतिष्ठानबाट ग्राहकले ५० प्रतिशतसम्म छुट पाउने छन्। प्रालिका अध्यक्ष मिनराज काफ्लेले ग्राहकलाई राहत दिने र व्यवसायलाई समेत सहयोग पुग्ने उद्देश्यले यो योजना ल्याइएको बताए।

प्रालिका प्रबन्ध संचालक दीपककुमार मुल्मीका अनुसार, पोखरामा विभिन्न स्थानमा व्यावसायीहरूले भौतारिनुपर्ने अवस्थालाई अन्त्य गर्दै यो मल गण्डकी प्रदेशकै प्रमुख व्यावसायिक केन्द्रको रूपमा स्थापित भएको छ।

मलमा दुई वटा मल्टिप्लेक्स चलचित्र घर, गुणस्तरीय रेस्टुरेन्ट, स्तरीय हेयर सैलुन, तीन शैक्षिक परामर्शदाता कम्पनी, र कोरियाली स्किन केयर अस्पताल जस्ता सेवाहरू उपलब्ध छन्। ग्राहकका लागि सुरक्षित पार्किङ, भूकम्प प्रतिरोधात्मक भवन, फायरफाइटिङ सिस्टम, एस्कलेटर, लिफ्ट, र आरामदायक लबी लगायत सुविधा रहेको छ।

पोखरा ट्रेड मलको कुल क्षेत्रफल १ लाख ७१ हजार वर्गफिट छ, जसमा ७८ हजार वर्गफिट सटरका लागि छुट्याइएको छ। हाल ५ सय ३ सटरमा २ सय १० व्यवसाय सञ्चालनमा छन् भने नयाँ व्यवसाय सुरु गर्न इच्छुकका लागि ६ सयदेखि १ हजार २ सय वर्गफिटसम्म स्थान उपलब्ध छ।

पोखरा ट्रेड मलले स्थापना दिवसका अवसरमा रक्तदान, वक्तृत्वकला प्रतियोगिता, छात्रवृत्ति वितरण, तथा उत्कृष्ट व्यवसायी सम्मानजस्ता सामाजिक कार्यक्रमहरू समेत आयोजना गर्दै आइरहेको छ।

वडा नं २६
Sadak 1
पुल सेन्टर